धागिथुम भगवती मन्दिरमा भक्तजनको चहलपहल

धागिथुम भगवती मन्दिरमा भक्तजनको चहलपहल

गुल्मी : गुल्मीको तम्घासस्थित धागिथुम भगवती मन्दिरमा भक्तजनको चहलपहल बढिरहेको छ। पछिल्लो समय मन्दिरमा पूजा आराधना गर्ने, कथा सुन्ने र भजनकीर्तन गर्ने श्रद्धालुको संख्या दैनिक रूपमा बढिरहेको छ। 

मन्दिर परिसरमा गतवर्ष स्वस्थानी माताको मन्दिर निर्माण गरिएको थियो। मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको मन्दिरमा गत पौष ३० गतेदेखि स्वस्थानी पूजा आराधना चलिरहेको छ। हिन्दू धर्ममा आस्था राख्नेहरूका लागि स्वस्थानी कथा र व्रतको ठूलो महत्व रहेकाले यहाँ भक्तजनको चहलपहल बढिरहेको समाजसेवी ध्रुव पाण्डेले बताए। पुरानो इतिहास बोकेको मन्दिरमा अहिले स्वस्थानी कथा वाचन, पूजा आराधनासँगै भजनकीर्तन भइरहेको छ। मन्दिर निर्माणले पछिल्लो समय व्रत बस्नेलाई सहज भएको पाण्डेले बताए।

नेपाली सेनाको व्यारेक परिसरमा रहेको यस मन्दिरमा भक्तजनाको घुइँचो बढिरहेको छ। साँखु शालिनदी किनारमा अवस्थित स्वस्थानी माताको मन्दिर रहेको छ। सोही मन्दिर जस्तै यहाँ पनि स्थापना गरिएको छ। यहाँ स्वस्थानी व्रत चलिरहेको छ। आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको व्रत बस्ने गर्दछन्। यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्छ। 

गुल्मी जिल्ला ऋषिमुनिहरूले तपस्या गरेको स्थल रहेकाले यसक्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ। स्वस्थानी माताको मन्दिर रेसुङ्गा नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा निर्माण गरिएको हो। मन्दिर निर्माणसँगै यहाँको पर्यटन प्रवर्द्धनमा पनि नगरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। निजी क्षेत्रको सक्रियतामा निर्माणले भक्तजनमा थप उत्साह थपिएको रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले बताइन्। 

उनले करिब दुई सय वर्षअघि १८औं शताब्दीको अन्त्यतिर निर्माण भएको मन्दिरको आफ्नै धार्मिक महत्व र महिमा रहेको सुनाइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.