सकियो १२ औँ उल्लु तथा हुचिल मुहदुसा उत्सव
जनकपुरधाम : धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औँ संस्करणको ‘उल्लु’ तथा हुचिल ‘मुहदुसा’ उत्सव सम्पन्न भएको छ। लाटोकोसेरो तथा हुचिलको अध्ययन र संरक्षणमा लागिरहेको ‘प्रकृतिका साथीहरू’ र ‘मिथिला वाइल्ड लाइफ ट्रस्ट’ संस्थाले उत्सव आयोजना गरेको हो।
झन्डै ६ हजार जनालाई लाटोकोसेरो तथा हुचिलको महत्व र पर्यावरणमा यसको आवश्यकताबारे जानकारी बाँड्दै उत्सवको १२ औँ संस्करण पूरा भएको प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले बताए।
अन्न सखाप पार्ने मुसा खाइदिने लाटोकोसेरोको संख्या घट्दै गएकाले यसको संरक्षणमा समुदायलाई सचेत गराउनकै लागि उत्सव आयोजना गरिएको हो। कृषक तथा आम नागरिकले लाटोकोसेरोको संरक्षणका लागि प्रतिबद्धता जनाएका ट्रस्टका अध्यक्ष देवनारायण मण्डलले बताए।
प्रतिक्रिया दिनुहोस !