एमालेको नेतृत्वमा ओली रहेसम्म वामपन्थी एकता सम्भव छैन : प्रचण्ड

एमालेको नेतृत्वमा ओली रहेसम्म वामपन्थी एकता सम्भव छैन : प्रचण्ड

जनकपुरधाम : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको नेतृत्वमा केपी शर्मा ओली रहेसम्म एकता सम्भव नरहेको दाबी गरेका छन्। सोमबार जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले वामपन्थी एकताको निम्ति पहिला पनि धेरै जोखिम उठाएर पार्टी एकता नै गरेको उल्लेख गरे।

उनले भने, ‘चुनावसँगै मिलेर लडेकै हो, जनताले पनि साथ दिएको हो तर एमालेको नेतृत्वमा केपीजी रहेसम्म नेपालमा कम्युनिष्ट एकता सम्भव छैन्।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिले सरकारमा आफूहरूको ध्यान नरहेको भन्दै उनले अहिले जनतामा गएर जागरण ल्याउने र नयाँ किसिमले पार्टी विस्तार गर्ने अभियानमा रहेको बताए। यो अभियान आफूहरूको लागि र देशको लागि जरुरी रहेको भन्दै उनले भने, ‘हामी पनि कहिले कांग्रेससँग, कहिले कोसँग मिल्दा उनीहरुको कल्चर हामीहरूमा पनि अलि सरेको जस्तो छ। हामी फेरि नुहाइधुवाइ गरेर जनतासँग फेरी जानुपर्यो।’

‘सरकारले दुई तिहाइ छ भन्ने गरेको छ। दुई तिहाइ भएको सरकारले अध्यादेशको बाटो हिड्नै हुने थिएन। ६ दिनपछि सदन बोलाउनु छ भने ६ दिन अगाडि अध्यादेश ल्याउने बाट नै दुई तिहाई हुँदा हुँदै पनि यो सरकार कति कमजोर छ भन्ने प्रमाणित गर्छ ’, उनले अगाडि भने, ‘अहिले प्रस्तुत गरिसकेपछि त्यो रोक्नुपर्ने बाध्यता के हो भने उनीहरूसँग दुई तिहाई छैन भन्ने देखिन्छ, त्यसकारण राष्ट्रियसभामा बहुमत पुर्‍याउन पनि गाह्रो भएको छ उनीहरूलाई।’null

अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी नेपाल अहिलेसम्म भूमि सम्बन्धी या अध्यादेश सम्बन्धी विधि प्रक्रियासँग सम्बन्धित विषयमा अहिलेसम्म अडिएको भन्दै उनले भने, ‘मलाई लाग्छ उहाँहरु अड्नुहुन्छ जस्तो लाग्छ। उनीहरू आफ्नो मुद्दालाई नै छोडेर खाली सरकारकै निम्ति जानु हुँदैन। हुन त उहाँहरूले निर्णय गर्न बाँकी नै छ। यदि आफ्नो अडान छोडनु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ।’

अध्यक्ष प्रचण्डले यो सरकार लोकतन्त्र विपरीत रहेको बताए। ‘लोकतन्त्रमा सामान्यत विशिष्ट र अपवादबाहेक पहिलो र दोस्रो दल मिलेर संसदीय लोकतन्त्र भएको ठाउँमा सरकार बनाउने चलन छैन। नजिकै भारतमा कांग्रेस र बिजेपी मिलेर सरकार बनाउने चर्चा पनि गर्दैनन्’, उनले अगाडि भने, ‘त्यसलाई उनीहरूले ठूलो लोकतन्त्र विरोधी ठान्छन् तर नेपालमा लोकतन्त्रको विपरीत पनि भयो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.