प्रतिनिधिसभा बैठक सुरू
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरू भएको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/०८१ पेश गर्ने कार्यसूची छ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक,२०८०माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
बैठकमा अर्थमन्त्री पौडेलले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक,२०८१ लाईद पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस !