सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ६ सयले बढेको हो।
सोमबार प्रतितोला एक लाख ६९ हजार ६ सयमा कारोबार भएको सुन आज एक लाख ७० हजार २ सयमा कारोबार भइरहेको छ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला ३० ले घटेको हो। आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !