सुपा देउरालीमा नयाँ संरचना

सुपा देउरालीमा नयाँ संरचना
सुन्नुहोस्

अर्घाखाँची : लुम्बिनी प्रदेशकै प्रसिद्ध सुपा देउराली मन्दिर परिसरमा पाँच सयभन्दा बढी भक्तजन अट्ने संरचना निर्माण भएको छ। विशेष शक्तिपीठको रूपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आधुनिक प्रविधिबाट नयाँ संरचना निर्माण गरिएको हो। सुपा देउराली मन्दिरमा पुगेका जोकोहीले चट्टानी भिरमा रहेको साँघुरो स्थानको मन्दिर सम्झन्छन्। त्यही चट्टानी डरलाग्दो भिरमा रहेको संरचना निर्माण गरेर फराकिलो बनाएपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकहरूलाई सहजता भएको मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।

सात महिनासम्म कडा परि श्रम गरेर निर्माण पूरा गरेका मिस्त्री तथा श्रमिकलाई मन्दिरले विशेष सम्मान गरेको छ। मन्दिर सञ्चालन समितिका अध्यक्ष फर्सबहादुर केसी र सचिव हरि खनाललगायतको उपस्थितिमा श्रमिकहरूको सम्मान गरिएको हो।

समितिका सचिव खनालका अनुसार निर्माणकार्यमा सुरुमा धेरै मिस्त्रीहरू सहभागी भए पनि अन्तिम चरणमा पाँच जना प्रमुख मिस्त्रीहरूले निरन्तर योगदान दिएका थिए। तिनै पाँच जना मिस्त्रीमध्येबाट सम्मानस्वरूप हेड मिस्त्रीलाई २५ सय रुपैयाँ तथा अन्य चार जनालाई १५ सय रुपैयाँ तथा खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ। 

 यो संरचनाको निर्माण भक्तजनहरूले चढाएको भेटी रकमबाट सम्भव भएको सुपादेउराली मन्दिर व्यवस्थापन समितिले जनाएको छ। अब श्रद्धालुहरूलाई सहज रूपमा पूजा गर्न सक्ने वातावरण सिर्जना भएको छ। निर्माणको क्रममा कुनै अप्रिय घटना नघटेकोमा सुपा देउरालीको कृपा रहेको मन्दिर व्यवस्थापन समितिले विश्वास व्यक्त गरेको छ। 

काम सुरु हुनुअगाडि धेरैले आलोचना गरे पनि अहिले कार्य सफलतापछि सबैले प्रशंसा गरेका व्यवस्थापन समितिको भनाइ छ। हाल समितिका लागि आफ्नै कोठा तथा पाँच सय बढी भक्तजन परिसरमै अट्न सक्नेछन्। मन्दिर परिसर साँघुरो हुँदा सडकमै भक्तजनको भिड हुने गरेको थियो। सुपा देउराली समितिले सक्रिय रूपमा विकास तथा व्यवस्थापनको कार्य गरेपछि हाल सहज बनेको समितिका अध्यक्ष फर्सबहादुर केसीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.