आहारारा पोखरा गोल्डकप ब्ल्याक बुल्स फाइनलमा

आहारारा पोखरा गोल्डकप ब्ल्याक बुल्स फाइनलमा
सुन्नुहोस्

पोखरा : उज्बेकिस्तानी क्लब ब्ल्याक बुल्स पोखरामा जारी २४औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनलमा पाँच पटकको विजेता थ्रीस्टार क्लबलाई पाखा लगाउँदै पाहुना टोली ब्ल्याक बुल्स उपाधि नजिक पुगेको हो।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा ब्ल्याक बुल्सले थ्रीस्टार क्लबलाई ४–० गोलले पराजित गरेको हो। बुल्सले खेलको २४औं मिनेटमा गोल गर्दै खाता खोलेको थियो। कुभोनचबेक ओलिमोभले उत्कृष्ट गोल गरेका थिए। खेलको ५८औं मिनेटमा आसिलबेक ओरिफजोनोभले अग्रता दोब्बर बनाएका थिए। लगातार आक्रमण बुनेको बुल्सले खेलको ६३औं मिनेटमा ३–० को अग्रता बनाएको थियो। सत्तारोभले तेस्रो गोल गरेका थिए। यसैगरी खेलको ८७औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका साइदजमोद दाभलातजोनोभले गोल गर्दै बुल्सलाई सहज जित दिलाएका थिए। 

थ्रीस्टार र ब्ल्याक बुल्स एफसी दुवैले बाई पाएर सिधै क्वार्टरफाइनलबाट प्रतियोगिता सुरु गरेका थिए। उपाधिका लागि ब्ल्याक बुल्सले शनिबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

सहारा क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता सञ्चालनबाट बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बालबालिकाका लागि खर्च गरिने जनाइएको छ। प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने अनुमान रहेको क्लबका अध्यक्ष केशव बरालले जानकारी दिएका छन्। २०५५ सालमा स्थापित सहारा क्लबले फुटबलमार्फत सामाजिक काम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.