स्थानीयको अवरोधपछि मालपोत कार्यालयको स्थानान्तरण रोकियो

स्थानीयको अवरोधपछि मालपोत कार्यालयको स्थानान्तरण रोकियो
सुन्नुहोस्

कपिलवस्तु : स्थानीयको अवरोधपछि मालपोत कार्यालयको स्थानान्तरण रोकिएको छ। मन्त्रिपरिषदको निर्णय अनुसार सदरमुकाम तौलिहवाबाट वाणगंगा सार्न लागिएको भएपनि स्थानीयको अवरोधपछि कार्यालयको स्थानान्तरण कार्य रोकिएको हो।

शनिबार वाणगंगा नगरपालिका क्षेत्रका मालपोत सम्बन्धी कागजपत्र तथा अन्य सामग्रीहरू वाणगंगा लैजाने तयारी गरिरहँदा स्थानीय उद्योगी व्यवसायी तथा सर्वसाधारणले मालपोत परिसरमा गई धर्ना तथा विरोध प्रदर्शन गरेका थिए। जबरजस्ती कार्यालय सार्न खोजे आफूहरू प्रतिकारमा उत्रिन बाध्य हुने तौलिहवा क्षेत्रका नागरिक अगुवा सञ्जय कुमार गुप्ताले बताए।

कार्यालय सार्न खोज्दा स्थानीयको अवरोध हुन थालेपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि स्थानीयको विरोधको बाबजुत बलजफ्ती गरी कार्यालय तत्कालका लागि नसार्न निर्देशन दिएका थिए। 

स्थानीयको विरोधपछि सबैसँग सल्लाह गरेर सहमतिमै कार्यालयको शाखा कार्यालय लैजाने गरी तत्कालका लागि कार्यालय सार्ने काम रोकिएको मालपोत कार्यालय कपिलवस्तुका प्रमुख टीकाराम पौडेलले बताए।

जिल्ला मालपोत कार्यालय तौलिहवाबाट १ जना शाखा अधिकृतसहित ४ जना मालपोत कर्मचारीहरू यसअघि नै वाणगंगा नगरपालिका बोर्डगाउँस्थित नयाँ मालपोत शाखा कार्यालयमा हाजिर भइसकेका छन्। कार्यालय सार्ने हो भने जिल्लाका सबै पालिकाहरूमा सेवा विस्तार गर्नु पर्ने तौलिहवा उद्योग वाणिज्य संघका महासचिव देवेश कुमार जयसवालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.