मसाज थेरापी

मसाज थेरापी
सुन्नुहोस्

नेपालमा मसाज थेरापीको अभ्यास प्राचीन कालदेखि चलिआएको हो। हाम्रा हजुरआमा र हजुरबुवाले जन्मदेखि वृद्धावस्थासम्म मसाजको महŒव बुझेर यसलाई आफ्नो जीवनशैलीको अभिन्न हिस्सा बनाएका थिए। विशेषगरी, आमाको कोखमा जन्मिएका बच्चाहरूलाई शारीरिक र मानसिक स्वास्थ्यको लागि मसाज गरिन्थ्यो।

तर, आजको युवा पुस्तामा जीवनशैलीको परिवर्तनसँगै मसाज थेरापीको उत्तिकै  महत्व छ। तनावपूर्ण जीवनशैली र पेसागत समस्याहरूको समाधानको रूपमा मसाज थेरापीको आवश्यकता झन् बढ्दै छ। व्यस्त दिनचर्याले शारीरिक र मानसिक थकान बढाउँछ। जसको उपचारका लागि चाहिन्छ, मसाज थेरापी। विशेषज्ञहरूको अनुसार, हरेक साता  एक वा दुई पटक मसाज थेरापी गराउनु शारीरिक र मानसिक स्वास्थ्यका लागि अनिवार्य बनिसकेको छ। यसले रक्त सञ्चारलाई सुधार्ने, मांसपेशीको तनाव घटाउने र तन्तुहरूको पुनः ऊर्जालाई सशक्त बनाउन मद्दत पुर्‍याउँछ। मसाज थेरापीले मानसिक तनाव घटाउँछ।  शान्तिको अनुभव दिन्छ।

आजको व्यस्त जीवनशैलीमा मसाज थेरापी एक आवश्यक उपचार हो। यसले शरीर र मस्तिष्कलाई ऊर्जा दिन्छ। समग्र जीवनशैलीको गुणस्तरलाई सुधार्न मद्दत पुर्‍याउँछ। मसाज थेरापी विशेषगरी खेलाडी, कर्पोरेट कर्मचारी र आईटी पेसेवरहरूको लागि अनिवार्य नै मानिन्छ। मसाज थेरापी प्राचीन र प्रभावकारी उपचार विधि हो। जसले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ। व्यस्त जीवनशैलीमा मसाज थेरापी  जो कोही पेसाकर्मीको लागि पनि आवश्यक छ।

खेलाडीहरूका लागि 
खेलाडीहरू दैनिक उच्च शारीरिक गतिविधिमा संलग्न  हुन्छन्। जसले गर्दा मांसपेशीहरूमा तनाव र थकान उत्पन्न गर्छ। मसाज थेरापीले मांसपेशीहरूको रिकभरी प्रक्रिया सुधार्दै, चोटपटकको पुनः उपचार गर्छ।  लचिलोपन बढाउँछ। चोटको जोखिमलाई कम गर्छ।  आगामी खेलका लागि मद्दत गर्छ।

कर्पोरेट कर्मचारीका लागि 
कर्पोरेट कर्मचारीहरू लामो समयसम्म एकै स्थानमा बसेर काम गर्ने गर्छन्। घाँटी, गर्दन, कम्मर र ढाडमा तनाव उत्पन्न गर्छ। मसाज थेरापीले शारीरिक तनाव घटाउन, रक्तसञ्चार सुचारु गर्न र मानसिक तनाव न्यूनीकरण गर्छ। यो थेरापीपश्चात्  ऊर्जा वृद्धि भई कार्यसम्पादनमा सुधार ल्याउँछ।

आईटी पेसेवरहरूको लागि 
सूचना  प्रविधिको क्षेत्रमा कार्यरतहरू (आईटी पेसेवरहरू) लामो समयसम्म कम्प्युटरको अगाडि बसेर काम गर्छन्।  जसले आँखाको थकान, मांसपेशीको दुखाइ र मानसिक थकान उत्पन्न गर्न सक्छ। मसाज थेरापीले मांसपेशीहरूको आराम गराउँदै, आँखाको थकान घटाउँछ। र, मानसिक 
शान्ति ल्याउँछ।

सहरी जीवनशैलीको अनिवार्य हिस्सा बनिसकेको छ, मसाज थेरापी। विशेषगरी खेलाडी, कर्पोरेट कर्मचारी र आईटी पेसेवरहरूको लागि अत्यन्त महत्त्वपूर्ण छ।  नियमित मसाज थेरापीले शारीरिक र मानसिक थकान कम गर्न, ऊर्जा र ताजगी बढाउन र कार्यक्षमता सुधार गर्न मद्दत पुर्‍याउँछ। त्यसैले, मसाज थेरापीलाई सबै पेसाकर्मीले आफ्नो जीवनशैलीमा समावेश गर्न अत्यावश्यक छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.