अजयमेरुकोटको मुख्य दरबार क्षेत्र उत्खनन

अजयमेरुकोटको मुख्य दरबार क्षेत्र उत्खनन
सुन्नुहोस्

डडेलधुरा : पुरातत्व विभागको टोलीले पहिलो पटक डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका-२ मा रहेको अजयमेरुकोटको मुख्य दरबार क्षेत्र उत्खनन गरी अध्ययन अनुसन्धान थालनी गरेको छ। अजयमेरुकोटका विभिन्न स्थान देवल, मण्डप, नाउलाहरूमा उत्खनन गर्दा आठ वटा अभिलेख कुदिएका ढुगां भेटिएका हुन। 

अहिलेसम्म गरिएको उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको उत्खननमा संलग्न टोलीले दाबी गरेको छ। बीचमा गल्ली, एकातिर तीन र अर्कोतिर चार कोठा गरी भुइँ तलामा सात र माथि जाने ढुंगाको सिँढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुनसक्ने खुलेको छ। 

मुख्य दरबार क्षेत्रमा दरबारसँगै एकतले भवन, मण्डली, सुरक्षा टावर लगायतका गरी १० वटा ढुंगे संरचना भएको भेटिएको पुरातत्व अधिकृत एवं पुरातत्व विद भास्कर ज्ञवालीले बताए। 

ती अभिलेख अनुसार राजा निरय पालको साके १२५० (१४२० साल) र राजा नाग मल्लको साके १३०६ (भनेको यसमा १५३ जोड्दा १४४१) का अभिलेखहरू पाइएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भास्कर ज्ञवालीले बताए। 

उनका अनुसार नागी मल्लको समय १२३८ थियो भने नाग मल्लको समय १३८४ थियो। यो समय करिब डेढ सय वर्षको इतिहासमा फरक छ। त्यस कारण यस क्षेत्रमा पाइएका अभिलेख अनुसार राजा नागी मल्लका प्रमाणहरू पाइएका छैनन्। निरय पाल र नाग मल्लका अभिलेखहरू पाइएको पुरातत्व विभागको दाबी छ।

यस कारण सामाजिक दृष्टिकोणलेसमेत निकै महत्वपूर्ण रहेको र मानव निर्मित, उपयुक्त भूगोलमा अजयमेरुकोट दरबार अवस्थित छ। त्यसको खोज अनुसन्धान भइरहेको छ र उत्खनन जारी रहेको छ जसले थप खोज र अनुसन्धानमा मद्दत पुग्ने दाबी छ।

जुन १३औँ शताब्दीको सुरुवातमा डोटी राज्य स्वतन्त्र भएको थियो। इतिहासमा लुकेको एउटा महत्वपूर्ण पक्ष यो राज्य जब निरञ्जन पालदेखि पछि नागी मल्ल, रिपु मल्ल, निरय पाल, नाग मल्ल हुँदै १६औँ शताब्दीदेखि यो राजधानी रहेको थियो। उनले भने, ‘त्यो पनि डोटी राज्यको महत्वपूर्ण राजधानीका रूपमा रहेको थियो। १६औँ शताब्दीमा आइपुग्दा भारतमा अकबरको शासन थियो। मुस्लिमहरूको जगजगी थियो। त्यही समयमा यस क्षेत्रमा मुस्लिमहरूको भीषण आक्रमण गरेको छ। अजयमेरु कोटलाई समेत ध्वस्त बनाएको इतिहास रहेको जनाए।

त्यति बेलादेखि नै अजयमेरुकोट क्षेत्र एउटा खण्डहरका रूपमा रहेको थियो। पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्व विद् भास्कर ज्ञवालीले ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न आवश्यक रहेको जनाउँदै  त्यसका लागि नै यसको इतिहास र संरचनाका बारेमा खोजतलास गर्नका लागि उत्खनन कार्य भइरहेको जनाए। 

उत्खनन गर्दा यस क्षेत्रमा विशिष्ट कलाकृति र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरू भन्दा फरक रहेको पुरातत्व विभागको दाबी छ। जसले यस क्षेत्रमा छुट्टै पहिचान रहेको देखिन्छ। अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा ९० लाख रकम विनियोजन गरेपछि पुरातत्व विभागको एक टोलीले अजयमेरुकोट क्षेत्रमा पहिलो पटक उत्खनन र अध्ययन गरिरहेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले बताए। 

यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र नै हो। यहाँ बीचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली रहेको र बैठक कक्ष र नाउलाहरू विशिष्ट किसिमका छन्। यो नेपालकै उत्कृष्ट कलाकृतिका रूपमा रहेको विभागको भनाइ छ। 

पुरातत्व विभागले यसैको महत्वलाई ध्यानमा राखेर २०६५/०६६ मै यसलाई ‘क’ वर्गको वर्गीकरणमा  सूचीकरण गरेको जनाए। कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका जति पनि सम्पदा, मनोमेन्टहरू छन। ती भन्दा यो क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्रका रूपमा रहेको जनाए। 

२०६५/०६६ देखि २०७०/०७१ सम्म देवल, मण्डलीहरूको पुनः निर्माणको काम अघि बढाएको थियो। पुनर्निर्माणको पनि थालनी गरेका थिए। पुरातत्व विभागको टोलीले राम्रो काम पनि गरेको थियो। तर स्थानीय निर्माण व्यवसायीहरूले काम गर्दा गुणस्तरको काम गर्न नसकेपछि पुरातत्व विभागले काम रोकेको पुरातत्व अधिकृत एवं पुरातत्वविद् ज्ञवालीले बताए।
 
उनका अनुसार अजयमेरुकोट थुप्रै किसिमका १३औँ, १४औँ शताब्दीका कोटदेखि लिएर किल्लाको रुपमा रहेको छ। अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरू, डबलीहरू, सुरक्षा गर्न बनाइएका टावरहरू, रानी गुफा, कुवाहरू राज दरबारसँग सम्बन्धित थुप्रै संरचनाहरू उत्खनन गरेको स्थानमा भेटिएको उनले बताए। 

यसैसँग जोडिएको हाट गाउँमा ढुंगे देवलहरू, मण्डली र नाउलाहरू रहेका छन। कोट आफैंमा सार्वजनिक स्वामित्वमा रहेको छ। तर हाट गाउँमा रहेका ढुंगे देवलहरू, नाउला र मण्डलीहरू निजी स्वामित्वमा रहेका छन्। 

निरय पाल र नागी मल्लको अभिलेख नै पाइएको छ। उनले भने, पहिले नपढिएका केही अभिलेखहरू अहिले हामीले उतारेका छौं। यसको क्रस चेक गर्छौ। विषय विज्ञहरूसँग बसेर अध्ययन गर्छौ। यहाँ १३औँ शताब्दीका संरचनाहरू यत्रतत्र छरिएर रहेका छन्।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.