प्रचण्डको चकचकबाट आजित भएपछि एमाले-कांग्रेसको सरकार बन्यो : गगन थापा

प्रचण्डको चकचकबाट आजित भएपछि एमाले-कांग्रेसको सरकार बन्यो : गगन थापा

रोल्पा : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को चकचकेपनले एमाले र कांग्रेसको सरकार बनाउनुपरेको बताएका छन्। रोल्पाको सदरमुकाम लिबाङमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

'कांग्रेस, माओवादी र  माधव नेपालको पार्टीसँग गठबन्धन गरेर चुनाव लडेकाले गठबन्धनकै सरकार बनाउने र ०८४ सम्म टिकाउने भन्नेमा कांग्रेस प्रतिबद्ध थियो। तर, प्रचण्डको चकचक गर्ने बानीले एमालेसँग सरकार बनाउनुपर्‍यो,' उनले भने, 'प्रचण्डले कहिले एमालेमा जाउँ जाउँ लाग्यो भन्ने, कहिले कांग्रेसमा आउँ आउँ भन्ने। यस्तो चकचके बानीले आजित भएर कांग्रेस र एमालेले सरकार बनाउनुपर्‍यो।'

कांग्रेस र माओवादीको सरकार हुँदा एमालेले ५०औंपटक प्रचण्डलाई नबोक्न कांग्रेसलाई अनुरोध गर्दा पनि प्रतिबद्धताबाट पार्टी विचलित नभएको दाबी गरे। अब भने ८४ सम्म नै एमाले कांग्रेसको सरकार चल्ने जिकिर गर्दै उनले केपी ओलीको पालो सकिएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए।

'अब ८४ सालसम्म सरकार फेर्न हाम्रो (कांग्रेसको) तर्फबाट कुनै चकचक हुँदैन। जुन दिनसम्म एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने भनिएको छ, त्यो दिनसम्म उहाँलाई सहयोग गर्छौं। जुन दिनबाट कांग्रेसलाई प्रधानमन्त्री दिने भनिएको छ, त्यसमा एमालेले इमानदारिता देखाउँछ भन्ने विश्वास राख्छौं,' उनले भने।

माओवादीको दबदबा भएको रोल्पामा कांग्रेसका थुप्रै नेता कार्यकर्ताको हत्या भएको स्मरण गरे। 'रोल्पामा मात्र एक हजार बढी रोल्पाली मारिएका छन्। व्यक्ति हत्या र हिंसाको राजनीति कदापि जनयुद्ध हुन सक्दैन,' उनले भने, 'व्यक्ति हत्याको शृंखला लामो चल्यो। त्यो हत्या हिजो पनि गलत थियो, आजपनि गलत छ र भोलि पनि गलत हुनेछ। र, त्यसलाई नेपाली इतिहासमा गलत नै भन्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.