बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
झापा : बिर्तामोडमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-२ को भित्री सडक खण्डमा लालमाटी चोकबाट रामचोकतर्फ जाँदै गरेको म-प्र-०३-०२५ प ९५०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मंगलबार साँझ दुर्घटना भएको थियो।
दुर्घटनामा परी मोटरसाइकलमा चालकसहित दुवै जना घाइते भएका थिए। घाइते मोटरसाइकल चालक कचनकवल गाउँपालिका-३ का १९ वर्षीय गोविन्द राजवंशीको टाउको, अनुहार र खुट्टामा गम्भीर चोट लागेको थियो।
उनको उपचारको क्रममा बिहीबार बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए। मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १८ वर्षीय अमित राजाको छातीमा चोट लागेकोले सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !