छ्या, कस्तो सास गन्हाएको !
तपाईंको सास कस्तो छ ? यदि गन्हाएको छ भने सजग हुनुहोस्। सास गन्हाउनु आफैंमा अस्वस्थताको प्रतीक हो। सास गन्हाएका कारण साथीहरूबीचको संगत टुट्न सक्छ। एउटै सिरानी गराएर सुत्ने दम्पतीबीच फाटोसमेत आउन सक्छ।
सास गन्हाउने समस्याबाट पीडित व्यक्तिले सँगसँगै हिँडडुल एवं उठबस गर्नेलाई दिक्क महसुस दिलाइरहेको हुन्छ। सास गन्हाएको व्यक्ति स्वयं पनि हीनभावनाले ग्रसित हुन्छ। अरूले नराम्रो सोच्ला भन्ने विचार भित्रभित्रै सिर्जना हुन थाल्छ। आत्मबल घट्दै जाने र कोही कोही त चिन्ता, तनावले ग्रस्त हुन्छन्।
किन गन्हाउँछ, सास ?
मुख वा नाकबाट अपवित्र वा अशुद्ध नराम्रो, मन नपर्ने गन्ध आउने अवस्थालाई सास-मुख गन्हाउने समस्या मानिन्छ। सास गन्हाउने अवस्था आपैंmमा रोग नभई यो सामान्य अवस्था वा शरीर तथा मुखमा भएको रोगहरूको लक्षण वा औषधि प्रयोगको असर हुन सक्छ।
मेरो अनुभवमा सास गन्हाउने बिरामीहरू तीन प्रकारका हुन्छन्– आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू, आफ्नो सास गन्हाएको थाहा पाएर पनि मतलब नगर्नेहरू र आफ्नो सास गन्हाएकोमा चिन्तित हुनेहरू।
प्राय:जसो बुढापाका उमेर पुगेका र सुँघ्ने नसाको भ्रम भएकाहरूमा सास गन्हाउने अवस्था नभए पनि मानसिक कारण तथा भ्रमले उनीहरूलाई सास गन्हाएको भ्रम हुन सक्छ। कारण भएको सास गन्हाउने अवस्थामा निम्न पर्दछन्।
सामान्य अवस्था — बिहान उठ्नासाथ, भोको-व्रत बसेको अवस्था, खानामा प्रयोग गरिएका वस्तुहरू जस्तै चिया, कफी, मकै, प्याज, लसुन, रक्सी, बोसो, भुटेको खाना, धूमपान, बच्चा तथा बुढापाका, दा“तको जरामा तथा भर्नमा प्रयोग भएको सिमेन्ट, राख्ने–निकाल्ने खालको नक्कली दाँत लगाएरै सुत्ने, नाकको सट्टा मुखबाट सास फेर्ने, नमिलेका कृत्रिम दाँत लगाउने, शरीरद्वारा फ्याँकिने काम नलाग्ने पदार्थहरू, बान्ता वा डकारको सास सामान्य अवस्था भए पनि गन्हाउँछ।
रोगसँग सम्बन्धित (मुख, दाँत तथा घाँटीसँग सम्बन्धित रोग) :– मुखको स्वास्थ्य कमजोर, दा“त कीराले खाएको, दन्तहर्सा, पाइरिया, दा“त छिचरा भएको, जिब्रो खस्रो र बाक्लो भएको, दाँत नमिली बसेको, मुखमा भएका घाउ खटिराहरू, संक्रमण तथा दाँत निकालेपछिको घाउ, पिनास, टन्सिलाइटिस, घाँटी दुख्ने, नाक तथा घाँटीको क्यान्सरमा सास गन्हाउछ।
शरीर तथा शरीरका प्रणालीसँग सम्बन्धित रोगहरू :– फोक्सो, कलेजो, मिर्गौला, पाचनसम्बन्धी रोगहरू, पीडायुक्त मासिकस्राव, चिनीरोग, ज्वरो, रगतसम्बन्धी रोग, संक्रमण, भिटामिनको कमी, कब्जियत इत्यादिमा सास गन्हाउँछ।
औषधिको प्रयोग : एन्टिहिस्टामिन, एन्टिक्यान्सर, एन्टिबायोटिक, एन्टिकोगुलेन्ट, एन्टिकोलिनर्जिक र मानसिक रोगका दबाई प्रयोग गर्दा पनि सास गन्ध आउँछ।
थुक कम आउने अवस्था : थुक निकाल्ने ग्रन्थीहरूको रोग, क्यान्सरको उपचार, केही औषधिहरूको प्रयोगमा थ¬क कम आई सास गन्हाउँछ।
कसरी थाहा पाउने ?
सबभन्दा उपयुक्त, सामान्य र उत्तम तरिका :–
– यदि तपाईंलाई रुघा लागेको छैन र तपाईंको नाक ठीक छ भने आफ्नो हात मुख अगाडि राखेर त्यसमा सास फेर्नुहोस् र हातमा ठोक्किएर फर्केको सास नाकले तानी भित्र लिनुहोस्।
– आफ्नो सास गन्हाएको वा नगन्हाएको, आफ्नो अति नजिकका व्यक्तिहरू पति, पत्नी, दाजुभाइ, दिदीबहिनी, सहपाठीसँग सोधेर थाहा र पत्ता लगाउन सक्नुहुन्छ।
– आफूप्रति अरूको व्यवहार हेरेर र मनन् गरेर समूहमा नजिकमा बसेका व्यक्तिहरूले अनुहार बिगार्ने, अलि पर सर्ने र बस्न खोज्ने, कुरामा ध्यान नदिने र नाक पुछेजस्तो गरी नाक थुन्ने गरेमा तपाईंको सास गन्हाउँछ।
उपरोक्त तरिकाबाट सास गन्हाएको पत्ता लाग्दछ। तर कति भनेर नाप्नको लागि ब्रेथ एनालाइजर, अस्मोस्कोप, ग्याँस क्रोमाटोग्राफी, टाइट्रालगजस्ता उपकरणहरूको प्रयोग गरिन्छ।
के गर्ने ?
स्थायी उपचारका रूपमा स्थानीय कारणहरू हटाई उपचार थालिन्छ। तनाब, डिप्रेसनलगायतका मानसिक कारण रहेछ भने आश्वासन र विश्वासमा लिएर कुल्ला गर्ने औषधि दिन सकिन्छ। तर यसो गर्दा पनि ठीक नभएमा मानसिक रोग विशेषज्ञलाई देखाउनु पर्दछ। शरीरसँग सम्बन्धित रोग नै कारण भए फिजिसियनलाई देखाई उपचार लिनु पर्दछ। औषधि कारण भए औषधि बदल्न सकिन्छ। रोग लागेपछि रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै जाति भने झैं रोकथामका उपायहरू समयमै अपनाइयो भने रोग, रोगको जटिलताबाट उत्पन्न हुने समय, पैसा र शरीरको नोक्सानबाट जोगिन सकिन्छ।
श्वास गन्ध आउने अवस्था हटाउन चुइङगम, मिन्ट, फ्रायगरेन्ट डेन्टिफ्राइस, डिअडरेन्ट, माउथवास, ल्वांग सुकुमेल र स्प्रे प्रयोग गरेको पाइन्छ। अस्थायी उपचारले कम भएको जस्तो भ्रम पर ेपनि समस्या भित्रभित्रै बढ्दै जान्छ। जटिलताहरू उत्पन्न हुन गई दीर्घकालीन, ठूलो, उपचार नै हुन नसक्ने रोग लाग्न पनि सक्छ। त्यसैले समयमै विशेषज्ञ परामर्श लिनु पर्दछ।
प्रस्तुति: दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !