हिमपात भएपछि स्थानीय खुसी

हिमपात भएपछि स्थानीय खुसी

रूकुम पूर्व : हिउँ परेसँगै मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र रूकुम पूर्वको सिमाना पातिहाल्ने क्षेत्रमा आन्तरिक पर्यटकहरू बढेका छन्। बाक्लो हिमपातका कारण शुक्रबार र शनिबार मध्यपहाडी लोकमार्ग नै अवरुद्ध भएको सो स्थानमा आइतबारदेखि सवारी आवागमन सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरू बढेका हुन्।

प्राकृतिक सौन्दर्ययताले भरिपूर्ण रहेको उक्त स्थानमा हिमपात भएपछि मनोरञ्जन लिन रूकुम पूर्व, रूकुम पश्चिम, बाग्लुङ, गुल्मी लगायतका ठाउँबाट आन्तरिक पर्यटकहरूको भीड लागेको हो।

हिउँ परेसँगै पर्यटकको घुइँचो लाग्दा सिमानामा रहेका होटल व्यवसायीहरूलाई अहिले भ्याइनभ्याई भएको छ। सिस्ने गाउँपालिका-४ दादिङबाट हिउँ खेल्न पातिहाल्नेमा पुगेकी भावना विश्वकर्माले धेरै दिनपछि हिउँ परेकाले सबै जमघट हुँदा निकै रमाइलो भएको बताइन्। 

लामो समयपछि हिउँ पर्दा फोटो खिच्न, टिकटक बनाउन, साथीहरू सँग रम्न र हिउँ खेल्न बागलुङ र रूकुम पूर्वको सिमाना सबैको जमघट हुने हुँदा सिमाना क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको सिस्ने गाउँपालिका-६ की कोइली शाहीले बताए।

पातिहाल्नेसँगै रोल्पाको तिलाचन ताल, बागलुङको निसिखोलामा पर्ने रिगा तालमा पनि पर्यटक पुग्ने गरेका छन्। स्काभेटरको प्रयोग गरेर सडकको हिउँ हटाए पनि अन्य स्थानमा फागुन महिनाभर हिउँ रहने स्थानीयले बताएका छन्। यहाँ ढकमक्क गुराँस समेत फुलेकोले जेठसम्मै पर्यटकको घुइँचो लाग्ने गर्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.