जेलेन्स्कीले पठाएको पत्र ट्रम्पले अमेरिकी कांग्रेसमा पढेर सुनाए, के थियो पत्रमा?

जेलेन्स्कीले पठाएको पत्र ट्रम्पले अमेरिकी कांग्रेसमा पढेर सुनाए, के थियो पत्रमा?
सुन्नुहोस्

वासिङटन डिसी : ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको बहसपछि अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता बन्द गरेको थियो। त्यसपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको नाममा पत्र लेखेका पत्र लेखेका थिए।

अमेरिकी राष्ट्रपतिले बुधबार अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्नो भाषणमा जेलेन्स्कीले आफूलाइ पत्र लेखेको उल्लेख गरेका हुन्। ट्रम्पले युक्रेनका राष्ट्रपतिबाट एउटा महत्त्वपूर्ण पत्र प्राप्त गरेको बताए। पत्रमा जेलेन्स्कीले रुससँग युद्ध अन्त्य गर्न वार्ता गर्ने इच्छा व्यक्त गरेका जनाइएको छ। ट्रम्पले उनको प्रशासनले रुसबाट शान्तिको लागि तयार रहेको संकेत पाएको बताएका छन्।

ट्रम्प प्रशासनले युक्रेनलाई सैन्य सहायता बन्द गरेको एक दिनपछि जेलेन्स्कीको पत्र आएको हो। आफ्नो भाषणमा जेलेन्स्कीको पत्र पढ्दै ट्रम्पले भने, 'युक्रेन दिगो शान्ति ल्याउन सकेसम्म चाँडो वार्ताको लागि तयार छ। युक्रेनका जनताले भन्दा बढी शान्ति अरू कसैले चाहँदैनन्।' 

'दिगो शान्ति प्राप्त गर्न म र मेरो टोली राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा काम गर्न तयार छौं। युक्रेनलाई आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता कायम राख्न संयुक्त राज्य अमेरिकाले गरेको कामको हामी साँच्चै कदर गर्छौं।', जेलेन्स्कीको पत्रमा थप भनिएको छ, ' खनिज र सुरक्षा सम्बन्धी सम्झौताको सन्दर्भमा, युक्रेन तपाईंको लागि कुनै पनि समयमा यसमा हस्ताक्षर गर्न तयार छ।'
 
ओभल अफिसमा ट्रम्पसँगको बहसको केही दिनपछि जेलेन्स्कीको यो पत्रले अमेरिकाप्रतिको उनको सोचमा आएको परिवर्तन देखाउँछ। 

अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको भोलिपल्ट, जेलेन्स्कीले ट्रम्पसँगको आफ्नो भेटमा भएको बहसलाई दुर्भाग्यपूर्ण बताएका छन्। साथै युक्रेन युद्ध अन्त्य गर्न वार्ताको लागि आफू तयार रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.