भूमे ग्रामीण आँखा केन्द्र स्थापना
रुकुमपूर्व : भूमे गाउँपालिका–२ खाबाङबगरमा भूमे ग्रामीण आँखा केन्द्र रुकुमपूर्वको उद्घाटन गरिएको छ।
प्राविधिक एवं भौतिक पक्षका सम्पूर्ण कार्यहरू पूरा भएसँगै केन्द्रको उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ। केन्द्रमा अबदेखि आँखासम्बन्धी जाँच र चस्मा बनाउने लगायतका आधारभूत सेवा प्रवाह हुने छ। केन्द्रबाट रुकुमपूर्वको तीनवटै गाउँपालिका तथा छिमेकी जिल्लाका नागरिकले पनि सेवा लिने विश्वास गरिएको छ।
भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले आँखा केन्द्रबाट सिंगो रुकुमेली नागरिकले सेवा लिने बताए। अध्यक्ष श्रेष्ठले सबैको मेहनत तथा सहयोगबाट भूमेमा भूमे ग्रामीण आँखा केन्द्र रूकुम पूर्वको उद्घाटन हुनु भनेको सिंगो जिल्लावासीको लागि गौरवको कुरा भएको बताए।
नयाँ नाम दर्ताको लागि ५०, पुरानो नाम दर्ताको लागि ४०, आकस्मिक सेवाको लागि नाम दर्ता १ सय ५०, आँखामा भएको बाह्य वस्तु निकालेमा १ सय र सामान्य शल्यक्रियाका लागि ५ सय रुपैयाँ लाग्ने भूमे ग्रामीण आँखा केन्द्रका नेत्र सहायक हीरा बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !