रौतहटमा अवैध भन्सार छलीका सामान बरामद
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न सामानहरू बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका मातहतका प्रहरी युनिटहरूले विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा करिब २ लाख ९० हजार २२० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका हुन्।
प्रहरीले १ लाख ४० हजारको गाई लगायत विभिन्न सामान बरामद गरेका छन् भने १ लाख ५० हजार रुपैयाँ बराबरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक कुमार रायका अनुसार ती सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको छ।
प्रतिक्रिया दिनुहोस !