‘स्पा तथा वेलनेस’मार्फत प्राकृतिक उपचार

‘स्पा तथा वेलनेस’मार्फत प्राकृतिक उपचार
सुन्नुहोस्

स्पा तथा वेलनेस भनेको के हो ? 
स्पा तथा वेलनेस नयाँ चिज होइन। स्पा भनेको प्राकृतिक तरिकाले गरिने उपचार हो। वेलनेस वेल अर्थात् कल्याणबाट बनेको शब्द हो। यसको मुख्य काम बिरामी हुनै नदिने र स्वस्थ राख्ने हो। प्रकृतिमा भएकालाई प्रयोग गरेर स्वस्थ बन्ने हो।

यसअन्तर्गत जस्तै : योगा, मेडिटेसन, मालिस गर्ने, माटोको लेप लगाउने, वालुवामा सुत्ने, ढुंगाले कुर्कुच्चा खुर्केर सफा गर्ने, खानामा पनि प्राकृतिक मात्रै खाने विधि हुन्छ। यसर्थ यो शतप्रतिशत प्राकृतिक उपचार हो। 

यो उपचारले के फाइदा हुन्छ ? 
धेरै फाइदा हुन्छ। यो स्वस्थ खाना खाएको जस्तो हो। सबैभन्दा ठूलो फाइदा भनेकै शारिरीक, मानसिक रूपमा स्वस्थ हुनु हो। स्पा तथा वेलनेसको नियमित प्रयोगले मानसिक, आध्यत्मिक र शारीरिक जीवनमा सकारात्मक परिवर्तन आउँछ। यसको आवश्यकता महसुस गरेर सेवा लिनेहरू बढिरहेका छन्। 

सेवाशुल्क कस्तो छ ? महँगो छ कि ? 
यो उपचार महँगो छैन। एक पटक अस्पताल जानुपर्‍यो भने लाखौं रुपैयाँ खर्च गर्नुपर्ने हुन सक्छ। तर, यो उपचार विधिमा १ लाख रुपैयाँ भयो भने १ वर्षलाई पुग्छ।

सेवा लिन परिवार नै आउन सकिन्छ ? 
हाम्रोमा परिवार नै आउँछन्। हामीकहाँ कार्यरत भाइबहिनीहरूलाई आफ्नो आमाबुबालाई ल्याएर कुन ठाउँमा कसरी काम गरेको छ ? भनेर देखाउन भन्ने गर्छौं। त्यसैले निर्धक्क भएर सेवा लिन परिवार नै पनि आउन सक्छन्। 

यो आयुर्वेदिक र नेचुरोपेथिसँग पनि सम्बन्धित छ ? 
स्पा भनेको आयुर्वेदिक, नेचुरापेथी सबैलाई मिलाएर बनाएको हुन्छ। यी दुवैले आफू मात्रै राम्रो भन्ने प्रवृत्ति छ। आयुर्वेदिकले पञ्चकर्म भन्छ तर नेचुरलपेथीले षठकर्म (६कर्म) भन्छन्। यी दुवैको काम भनेको मान्छेलाई स्वस्थ बनाउने नै हो। तरीका फरक होला तर उद्देश्य एउटै हो। तर हामीलाई दुवै चाहिन्छ। त्यसैले मिश्रित गर्छौं। यस्तो सेवा घरघरमा उपलब्ध हुनुपर्ने हो। 

विदेशमा पनि सेवा दिनुभएको छ ? 
हामीले आफ्नो सिपको प्रयोग स्वदेश/विदेशमा गरेका छौं। यस हिसाबमा नेपाललाई वेलनेस टुरिजम प्रबद्र्धन गर्न सकिन्छ भन्ने विश्वास छ। नेपालको माटोको लेप साह्रै राम्रो छ। यहाँको ढुंगाहरू त्यत्तिकै राम्रो छ। तातो ढुंगााबाट पनि उपचार गर्न मिल्छ। यस्तै प्रयोग हामीले मलेसियाको पुत्राजयमा ४ सय ८५ रुम भएको म्यारिट होटलमा व्यवस्थापन गरिसकेका छौं। त्यहाँ जान दुई वर्ष जति अभ्यास गर्नुपर्‍यो। सन् २०१५ मा गयौं।

nullभुवन फैजु, अध्यक्ष, ट्रयांक्विलिटी स्पा नेपाल

सन् २०१९ मलेसियाकै होटल स्पा मध्य हामीले गरेको व्यवस्थापन पहिलो नम्बरमा पुगेको थियो। नेपालका लागि यो क्षेत्रको पहिलो नै हो। नेपालमा प्राय : विदेशी ब्रान्डहरू भित्रिरहेका छन् तर हामी भने विदेशसम्म पुगेका छौं। सन् २०२२ मा आस्यान मुलुक (मलेसिया, थाइल्यान्ड, बर्मा, भियतनाम, सिंगापुर लगायतका १० देश) बाट पनि हामिले अवार्ड पायौं। स्पा तथा वेलनेसमा नेपालीहरू विश्वका विभिन्न मुलुक पुगेर सफल हुन सक्छन् भन्ने उदाहरण हो।

यो क्षेत्रको विकास र विस्तार कसरी गर्न सकिन्छ ? 
स्पा तथा वेलनेसमा तालिम दिएर दक्ष जनशक्ति उत्पादन सकिन्छ। हातमा सीप हुन्छ। रोजगारी दिन सकिन्छ। मासिक ४०÷५० हजार कमाउन बिदेसिनु पर्दैन। तालिम लिएर विदेश गएपछि अहिलेकोभन्दा दोब्बर बढी कमाउन सकिन्छ। 

लक्षित सेवाग्राही कुन–कुन हुन् ? 
युवाहरू विदेशमा छन्। प्रायका आमाबुबा नेपालमा छन्, विदेशमा छोराछोरीले कमाएर पठाउँछन्। अहिले आमाबुबालाई हेर्ने व्यक्ति छैनन। अभिभावक हेर्ने मान्छे राख्न यही स्पा तथा वेलनेसले भूमिका निर्वाह गर्न सक्छ। घरमै सेवा दिन सकिन्छ। यसबाहेक सुत्केरी तथा नवजात शिशु, ज्येष्ठ नागरिक(वृद्धवृद्धा) स्याहार्ने काम समेत स्पा तथा वेलनेसले गर्न सक्छ।

टेवल वर्क गर्नेहरूलाई भौतिक र मानसिक तनाव हुन्छ। उनीहरूका लागि यो उपचारविधि एकदम उपयुक्त छ। सेवाग्राहीको संख्या बढ्दै जाँदा सेवाको मुल्य पनि घट्छ। एउटा सेन्टरमा दैनिक एक सय जना यस्तो सेवा लिन आए अवश्य पनि शुल्क घटिहाल्छ। 

यसका फाइदा/बेफाइदा के छन् ? 
बेफाइदा केही पनि देख्दिन। फाइदै फाइदा छ। यसले मान्छेलाई बिरामी हुन दिँदैन। बिरामी निको गर्नेभन्दा पनि बिरामी हुनै नदिने हो। केही हदसम्म यसले बिरामीलाई निको पार्छ। यसमा योगा, जुम्बा, थेरापीलगायत सबै पर्छ। कार्यालयमा नियमित काम गर्नेलाई स्पा तथा वेलनेस जरुरी छ।

हप्तामा दुई पटक मात्रै यो सेवा लिँदा पनि काममा धेरै सहज हुन्छ। केही जापनिज पर्यटकहरू यो सुविधा लिन आएका थिए। यो सुविधा उपयोग गरेको सबै खर्च बिमा कम्पनीले तिरिदिँदो रहेछ। मालिस गरेर शरीर स्वस्थ बनाएपछि अस्पताल जानु पर्दैन भनेर बीमा सुविधा दिइएको रहेछ। यो राम्रो लाग्यो।

यो क्षेत्रमा प्रवेश गर्न चाहनेहरूलाई के सल्लाह दिनुहुन्छ
हामी सहयोग र स्वागत गर्न तत्पर छौं। निश्चित शुल्क लिएर तालिम दिन सक्छौं। उद्देश्य सकारात्मक हुनुपर्‍यो।
प्रस्तुति  :  ममता थापा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.