गौर राइस मिल्सको जग्गा बिक्रीविरुद्ध विरोध प्रदर्शन

गौर राइस मिल्सको जग्गा बिक्रीविरुद्ध विरोध प्रदर्शन
तस्बिर : फणि महत
सुन्नुहोस्

रौतहट : गौर राइस मिल्सको जग्गा बिक्रीविरुद्ध आन्दोलन दिनप्रतिदिन चर्किंदै गएको छ । शुक्रबार बिहानैबाट स्थानीय युवाहरू, राजनीतिक दलका नेताहरू, तथा सर्वदलीय संघर्ष समितिको अगुवाइमा रौतहटको सदरमुकाम गौरमा टायर बालेर विरोध प्रदर्शन गरिएको छ। 

प्रदर्शनकारीहरूले विपी चौक, मधेशी क्रान्ति चौक, र घण्टाघर चौकमा टायर बाल्दै गौर नगरपालिकाका मेयर शम्भु साहविरुद्ध मुर्दावादका नारा समेत लगाएका छन् । जग्गा बिक्री रोक्न माग गर्दै यो विषय अब सदनसम्म पनि पुगेको छ । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साह र क्षेत्र नम्बर २ का सांसद किरण साहले संघीय संसदमा गौर राइस मिल्सको जग्गा संरक्षण गर्नुपर्ने भन्दै आवाज उठाउँदै आएका छन्। उनीहरूले यस विषयमा तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

त्यस्तै, नेकपा (एमाले) का रौतहट इन्चार्ज अजय कुमार गुप्ताले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै गौर राइस मिल्सको जग्गा बिक्री रोक्न माग गरेका छन्। उनले यो जग्गा रौतहटबासीको धरोहर भएकाले यसको रक्षा गर्न सरकारको जिम्मेवारी रहेको बताए।

 
प्रदर्शनका क्रममा युवा नेता ओम प्रकाश शाह मधेसियाले भने, 'यदि भुलबस नगरपालिकाले जग्गा बिक्री गर्ने निर्णय लिएको छ भने तत्काल सच्याओस्। अन्यथा हामी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं।' नगरपालिका प्रशासनले यसबारे भने कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.