प्रहरीको नाममा रकम ठगी गर्ने व्यक्ति पक्राउ

प्रहरीको नाममा रकम ठगी गर्ने व्यक्ति पक्राउ

रौतहट : प्रहरीका नाममा रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। रौतहटको गरुडा नगरपालिका-८ स्थित बिर्ती चौकमा व्यक्ति आफूलाई प्रहरी बताउँदै स्थानीय व्यापारीसँग विभिन्न बहानामा पैसा माग गरिरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४४ वर्षीय शेख सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनले आफूलाई प्रहरी बताउँदै विभिन्न स्थानमा रकम असुल्ने गरेको सूचना पाएपछि प्रहरी चौकी बिर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेपछि उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा लगिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.