रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै

रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुँदैछन् । काठमाडौंबाट श्रीमती निकिता पौडेलसहित उनी पोखरा गएको लामिछानेको सचिवालयले जनाएको छ। 

पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। कात्तिक २ गते काठमाडौंबाट पक्राउ पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर पुस २५ मा छुटेका थिए । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

त्यस्तै, लामिछानेको सचिवालयका अनुसार आज कास्की जिल्ला अदालतमा उपस्थित भइ उनी भोलि रूपन्देही जिल्ला अदालतमा तारिखका लागि उपस्थित हुने छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.