डोल्पाको ठुलिभेरी नगरपालिकामा नगरबस सञ्चालन

डोल्पाको ठुलिभेरी नगरपालिकामा नगरबस सञ्चालन

डोल्पा : डोल्पाको ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ। आज त्रिपुरासुन्दरी मन्दिरमा नगरबस पूजाआजा गरेर नगरबस सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। 

जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठुलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो। नगरपालिका भित्र धेरैजसो गाउँ बस्तीमा सडक पुगिसकेकाले नगरबासीलाई यातायातको सुविधा दिन नगरबस सञ्चालनमा ल्याइएको नगर प्रमुख सुवर्ण कुमार बुढाले बताए।

‘नगरक्षेत्रका कुना कन्दरमा बस्ती छन्, नगरबासी जनताहरू कार्यालयको काममा सदरमुकाम दुनै पुग्न घन्टौं लाग्ने र निजी गाडी रिजर्भ गर्दा हजारौं तिर्नुपर्ने बाध्यता छ, उक्त समस्यालाई मध्येनजर राखि घर आँगनबाटै सशुल्क यातायातको सुविधा दिन नगरबस किनिएको हो,’ उनले भने।

उनका अनुसार नगरबस सञ्चालनमा आएसँगै ताली, माझफाल, दुर्गाउ, जुफाल, मोतिपुर, डाँगीबाडा लगायतका बस्तीमा नगरबस पुगेर सेवा दिने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.