आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको पिपलटारमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन गरिएको छ। विदुर नगरपालिका-५ मा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय तलो पिपलटार नुवाकोटले पहिलो पटक अन्तरंग सेवासहितको चिकित्सालय सेवा सुरु गरेको हो।

चिकित्सालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले बिरामी भर्नासहित सो सेवाको शुभारम्भ गरे। उनले सर्वसाधारणले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने र व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्ने बताए।

चिकित्सालयमा २५ शय्याको बेड सेवासहितको बिरार्मी भर्ना गरेर अन्तरंग चिकित्सालय सेवा उपलब्ध भएको कार्यालय प्रमुख डा. नरेन्द्र गिरीको भनाइ छ। उनका अनुसार चिकित्सालयमा दैनिक बिरामी भर्ना, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, भान्साघर औषधालय, पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी तथा आमा समूहलाई आयुर्वेदसम्बन्धी अभिमुखीकरणलगायतका ११ वटा मुख्य कार्यक्रम सञ्चालन भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.