दिपक डुम्रेको अर्धशतकमा गण्डकीले कर्णालीलाई जित्यो

दिपक डुम्रेको अर्धशतकमा गण्डकीले कर्णालीलाई जित्यो
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री कपमा पुरुष राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ४ विकेटले हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। 

टस हारेर ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा ९१ रन बनाउँदै अलआउट भएको थियो। 
कर्णालीले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाउँदै खेल जितेको हो। गण्डकीका लागि दिपक डुम्रेको सम्हालिएको अर्धशतकले गण्डकीलाई खेल जितायो।

११.६ ओभरमा ६ विकेट गुमाउँदै २२ रन बनाएको गण्डकीको लागि चौथो क्रममा ब्याटर दिपक डुम्रेले आठौं क्रमका ब्याटर सुजन गौतमसँग ७३ रनको अविजित साझेदारी गर्दै खेल जिताए। 

गण्डकीका लागि दिपकले ७८ बलमा ७ चौकासहित अविजित ५० रनको अर्धशतकीय पारी खेले। सुजन गौतमले ४६ बलमा ३ चौकासहित २२ रनमा अविजित रहे। 

कर्णालीका लागि कप्तान दिवान पुनले सर्वाधिक ३ विकेट लिए। दिपेन्द्र रावतले २ विकेट लिँदा युनिश विक्रम ठकुरीले १विकेट लिए। 

त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि विपिन शाहीले ५७ बलमा २ चौकासहित सर्वाधिक २० रन बनाए। ओपनर विपिन रावलले १५ रन बनाए। हिमान्शु शाही १२ रन बनाउँदै रन आउट भए। अर्का अर्जुन घर्ती पनि १७ रनमा रनआउट भए। 

गण्डकीका लागि सुवास भण्डारी, चन्द्र पौडेल र कप्तान विपिन खत्रीले समान २–२ विकेट लिए। सन्दीप पराजुली र अमृत गुरुङले १–१ विकेट लिए। 

गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै, पहिलो खेलमा कर्णालीले सुदूरपश्चिममाथि ७९ रनको जित हात पारेको थियो। 

आज यी दुवै टिमको दोस्रो खेल हो। दुवै टोली १जित र १ हारसहित समान २ अंक बटुलेका छन्। तर अंक तालिकामा कर्णालीले पहिलो खेलमा फराकिलो जित निकाल्दा तालिकाको तेस्रो स्थानमा रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.