मिर्गौला बचाऔं

मिर्गौला बचाऔं
सुन्नुहोस्

हरेक व्यक्तिको शरीरमा दुई वा एउटा स्वस्थ मिर्गौला हुन्छ। एउटै मिर्गौला स्वस्थ भएमा पनि जीवन सक्रिय हुन सक्छ। हामीले खाएका खानेकुराबाट निस्केको फोहोर पदार्थलाई पिसाबको माध्यमबाट शरीर बाहिर निकाल्ने काम मिर्गौलाले गर्ने भएकोले यसको भूमिका महŒवपूर्ण छ। 

तर, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार, झन्डै १० प्रतिशत व्यक्तिमा मिर्गौला बिग्रिने भएकोले बेलाबेलामा जँचाउनु जरुरी छ। नेपालमा बर्सेनि झन्डै तीन हजार जनाको मिर्गौला बिग्रिने गरेको तथ्यांक छ। मिर्गौला बिरामीको संख्या बढ्दै गएकोले रोकथाममा ध्यान दिनुपर्ने डा. काफ्ले बताउँछन्। डा. काफ्ले भन्छन्, ‘मिर्गौला बिग्रेको लक्षण देखिएपछि बल्ल जँचाउन जान्छु भन्ने सोच त्याग्नुपर्छ। किनभने ९० प्रतिशत बिग्रेपछि मात्र लक्षण देखिन्छ। लक्षण कुरेर बस्दा उपचारमा ढिलो भइसकेको हुन्छ।’

 डा. काफ्लेका अनुसार, खानपिनका साथै दैनिक शारीरिक व्यायाम, पर्याप्त सुत्ने बानीले मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ। डा. काफले वर्षमा कम्तीमा एक पटक मिर्गौला जाँच गर्न सुझाव दिन्छन्। चिकित्सकीय भाषामा किड्नी फङसन टेस्ट, युरिन रुटिन टेस्ट र अल्ट्रासाउन्ड टेस्ट गर्नुपर्छ। 

मिर्गौलाको अवस्था थाहा पाउन भिडियो एक्सरे (अल्ट्रासाउन्ड स्क्यानिङ) गर्न सकिन्छ। त्यस्तै पिसाब र रगतको जाँच गर्न पनि सकिन्छ। रगतमा क्रेटिनाइन र पिसाबमा प्रोटिन गएको छ÷छैन जाँच गर्नुपर्ने सुझाव डा. काफ्लेको छ। डा. काफ्ले भन्छन्, ‘एक पटक जँचाउँदा मिर्गौला स्वस्थ रहेछ भने ढुक्क हुन पाइयो। मिर्गौला बिग्रन लागेको रहेछ भने समयमा उपचार गराउन सकिन्छ। उपचार गरेर मिर्गौलासम्बन्धी ८० देखि ९० प्रतिशत रोग निको पार्न सकिन्छ। तर, दुःखलाग्दो पक्ष बिरामी मिर्गौला बिगारेर मात्र जँचाउन आइपुग्छन्।’

मिर्गौला बिग्रँदै गएमा खान, बस्न, सुत्नसमेत अप्ठेरो हुन सक्छ।मिर्गौलाको लक्षण देखिनु भनेको बिग्रेर डायलाईसिस वा प्रत्यारोपण गर्ने अवस्थामा पुर्‍याउन सक्ने डा. काफ्ले बताउँछन्। त्यसैले मिर्गौला बिग्रनुअघि नै सावधानि अपनाउनु आवश्यक पर्छ। 

मिर्गौला  स्वस्थ राख्ने उपाय

मिर्गौलाले शरीरको दूषित पदार्थलाई बाहिर फाल्न सहयोग गर्छ। हड्डिलाई स्वस्थ राख्ने हर्मोनहरू पनि मिर्गौलामै बन्छन्। रक्तचाप सन्तुलनमा राख्न  पनि स्वस्थ मिर्गौलाले मद्दत गर्छ। उच्चरक्तचाप र मधुमेह भएका व्यक्तिको मिर्गौला बिग्रने जोखिम बढी हुन्छ। त्यसैले खानपानमा विशेष ध्यान दिनु पर्छ। मिर्गौलालाई अवस्था थाहा पाउन नियमित जाँच गर्नुका साथै स्वस्थ र सक्रिय जीवनशैली अपनाउनु पर्छ। 

  •  पर्याप्त पानी पिउने
  •  सक्रिय जीवनशैली अपनाउने
  •  स्वस्थ र सफा खाना खाने
  •  वजन सन्तुलित राख्ने
  •  धूमपान, मद्यपान नगर्ने
  •  वर्षमा एक पटक रगतमा क्रियटिनिन र पिसाबमा प्रोटिन जाँच गर्ने

प्रस्तुतिः दिनेश गौतम
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.