युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच 'ड्रोन वार'

युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच 'ड्रोन वार'
सुन्नुहोस्

काठमाडौं : युद्धविरामको चर्चाबीच युक्रेन र रुसबीच 'ड्रोन वार' जारी छ। युक्रेनले गएराति रुसले प्रहार गरेको १६ वटा ड्रोनलाई विफल बनाइदिएको बताएको छ। 

रुसले प्रहार गरेको २७ मध्ये १६ वटा ड्रोनलाई विफल बनाएको युक्रेन एयर फोर्सले जानकारी दिएको छ। 'रूसले रातारात २७ वटा ड्रोन प्रहार गरेको थियो। जसमध्ये हाम्रो हवाई रक्षा प्रणालीले १६ वटालाई विफल पारेको छ,' युक्रेनको एयर फोर्सले विज्ञप्तिमा भनेको छ। अन्य ९ वटा ड्रोन पनि लक्ष्यमा पुग्न नसकेको युक्रेन युथ फोर्सको भनाइ छ। 

रुसले पनि युक्रेनले रातभरि ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। उसले युक्रेनले २८ वटा ड्रोन आक्रमण गरेको जानकारी दिएको छ। रुसको हवाई रक्षा प्रणालीले ती सबै ड्रोनलाई विफल बनाइदिएको रुसले दाबी गरेको छ। युक्रेनले मस्को र बेल्गरोड लक्षित ड्रोन आक्रमण गरेको जानकारी दिएको छ।

हालै साउदीमा भएको अमेरिका-युक्रेन वार्ताले एक महिनाका लागि युद्धविराम गर्ने सहमति जुटाएको छ। अमेरिकाको आग्रहमा युक्रेन एक महिनाको लागि युद्धविराम गर्न राजी भएको हो। तर, अमेरिकी प्रस्तावलाई भने रुसले इन्कार गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोवले युक्रेनसँग युद्धविराम गर्न अस्वीकार गरेका हुन्।

उनले युद्धविरामले युक्रेनलाई अस्थायी राहत दिनेबाहेक केही हुँदैन। 'यो युद्धविरामले युक्रेनी सेनालाई अस्थायी राहत प्रदान गर्नुको साथै उनीहरूलाई संगठित बन्न दिने अवसरबाहेक केही हुँदैन,' उनले भनेका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत बनेर स्टिभ विटकफ रुस पुगेका छन्। उनले रुसी अधिकारीसँग संवाद गरे पनि राष्ट्रपति पुटिनसँग भेटवार्ता भएको भन्ने एकिन हुन नसकेको बीबीसीले उल्लेख गरेको छ। स्टिभले रुसी अधिकारीहरूमार्फत  ट्रम्पको सन्देश राष्ट्रपति पुटिनलाई पठाएको बताइएको छ।

एक महिना युद्धविरामको प्रस्ताव स्वीकार गर्नका लागि उनले रुसी पक्षसँग लबिङ गरिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.