भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद
सुन्नुहोस्

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएको विभिन्न सरसामान बरामद गरेको छ।

प्रहरीका अनुसार रौतहटको गौर नगरपालिका-४ मा सवारी साधनहरू जाँच गर्ने क्रममा ४४ हजार २५ रुपैयाँ बराबरको इलेक्ट्रोनिक सामान तथा १ लाख रुपैयाँ बराबरको मोटरसाइकल २ वटा अन्य सामग्रीसहित कूल १ लाख ४४ हजार २५ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिइएको हो।

प्रहरीले बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भन्सार कार्यालय बुझाएको छ। प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दीपक कुमार रायका अनुसार भन्सार छली हुने क्रियाकलापलाई नियन्त्रण गर्न रौतहट प्रहरी सक्रिय रूपमा अनुगमन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.