सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुशील थापा निर्वाचित
रामेछाप : रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका सुशील थापा निर्वाचित भएका छन्।
त्यसैगरी सचिव र कोषाध्यक्ष पदमामा पनि अनेरास्ववियुकै उम्मेदवारहरू निर्वाचित भएका छन्। सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै मसली तामाङ निर्वाचित भएका छन्।
अनेरास्ववियुका सुशील थापाले २ सय ७ मत पाएर स्ववियु अध्यक्षमा निर्वाचित हुँदा नेविसंघका विपुल रोकाले १ सय ५२ मत पाएका छन् भने अखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार अनोज भुजेलले ६५ मत ल्याएका छन्। त्यस्तै सचिवमा अनेरास्ववियुका मुकेश भण्डारीले १ सय ८५ मत ल्याएर निर्वाचित भएका छन्।
उनका प्रतिस्पर्धी नेविसंघका युवराज बुढाथोकीले १ सय ६५ मत ल्याएका छन् भने अखिल क्रान्तिकारीका बिनिता माझीले ७० मत पाएकी छन्। कोषाध्यक्ष पदमा पनि अनेरास्ववियुकै उम्मेदवार मसली तामाङ २ सय ३ मत ल्याएर निर्वाचित भएकी छन्।
नेविसंघको तर्फबाट कोषाध्यक्षका उम्मेदवार छाया तामाङले १ सय ३६ मत पाएकी छन् भने अखिल क्रान्तिकारीका उम्मेदवार राजकुमार श्रेष्ठले ७९ मत पाएका छन्। क्याम्पसका ५ सय ३१ मतदातामध्ये ४ सय २७ जनाले मतदान गरेका थिए। जसमा ३ मत बदर भएको छ।
प्रतिक्रिया दिनुहोस !