प्रतिनिधिसभा बैठक

सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
सुन्नुहोस्

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले "आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

यसैगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले "आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री पौडेलले "निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

यस्तै अर्थमन्त्री पौडेलले "निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।  मन्त्री  विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २००१ माथिको दफावार छलफल सदनमा गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्न र उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यसैगरी मन्त्री पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.