पुलिसले बागमतीलाई दियो बलियो विजयी लक्ष्य

पुलिसले बागमतीलाई दियो बलियो विजयी लक्ष्य
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २९८ रनको बलियो विजयी दिएको छ । भैरहवास्थित,एक्स्ट्रटेक ओभलमा टस जितेको पुलिसले निर्धारित ५० ओभरमा८ विकेट गुमाउँदै २९७ रन बनाएको हो । 

नेपाल पुलिस क्लबका लागि ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक ८ रन बनाए । उनले ९ बलमा ११ चौका प्रहार गरेका हुन् । अर्का ओपनर अमित श्रेष्ठले ४८ रन बनाए । आरिफ शेखले ३८ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले ६० रनको पारी खेले । उनले ४६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै मिडल अर्डरमा आक्रमक पारी खेलेका हुन् । 

गुल्सन झाले १६ रन र दिलिप नाथले १० रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।  बागमतीका लागि बलिङमा प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर ४६ रन खर्चिए । इशान पाण्डे,साकार गजुरेल,विपिन आचार्य र रिजन ढकालले समान १–१ विकेट लिए ।

पुलिस हालसम्म अपराजित रहेको छ । आजको खेल जितेमा पुलिसले फाइनल खेल्ने पक्का हुनेछ । बागमती भने फाइनल होडबाट बाहिरिइ सकेको छ । बागमतीको यो छैटौं खेल हो । बागमतीले पछिल्लो ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.