खुकुरी प्रहारबाट कामदार घाइते

खुकुरी प्रहारबाट कामदार घाइते
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा १ जना गम्भीर घाइते भएका छन् ।

विराटनगर–२ का अन्दाजी २८ वर्षीय सक्षम सापकोटाले आफ्नै घरमा काम गर्दै आएका कामदार विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी प्रहार गरेको मोरङ प्रहरी प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । घटना राति ८:३० बजेतिरको हो । घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

सुरुमा कोशी अस्पताल लगिएकोमा त्यहाँबाट रेफर गरेर विराट नर्सिङ होम लगियो । विराटले पनि रेफर गरेपछि नोबेल पुर्याइएको हो । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चिमरियाका अनुसार गुप्ता सापकोटाको घरमा काम गर्थे । प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ । आपसी विवादमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीको भनाइ छ ।

घटनापछि फरार भएका सापकोटालाई विराटनगरकै नेपाल–भारत सीमा क्षेत्रबाट शुक्रबार बिहानका राति पक्राउ गरिएको चिमरियाले बताए । घरअगाडि खुकुरी प्रहार गरेका सापकोटा भान्सा कोठामा लुकेर बसेका थिए । प्रहरी पुग्नसाथ कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भएका हुन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी एसपी चिमरियाले दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.