मधुमेहका बिरामीले के खाने ?
रगतमा चिनी (ग्लुकोज) को मात्रा आवश्यकभन्दा बढी हुने अवस्था नै मधुमेह हो। शरीरको प्याङ्क्रियाजबाट एक प्रकारको हर्मोन, इन्सुलिन उत्पादन हुन्छ। जसले खानामा हुने चिनीलाई टुक्र्याउने काम गर्दछ। इन्सुलिनको उत्पादनमा हुने कमी वा इन्सुलिनको उपयोगमा आउने कमीको कारणबाट मधुमेह रोग लाग्दछ।
कार्बाेहाइडेटयुक्त खाना जस्तै, भात, आलु कम खाने
- बोसो नभएको मासु खाने
- ताजा माछा खाने
- ताजा सागसब्जी, बन्दा, काउली, काँक्रो, भन्टा, गोलभेंडा, साग, गोलभेंडा, मुला, गाजर, प्याज र ताजा फलफूल खाने
- गुलियो खानेकुरा कम मात्रामा खाने
- कम मात्रामा तेल प्रयोग भएको तरकारी खाने
- सन्तुलित र स्वस्थ भोजन गर्ने
प्रतिक्रिया दिनुहोस !