बुढो रुख सुक्ने बेलामा हल्लिनु र राजतन्त्र फर्किनु उस्तै हो : डा. भट्टराई

बुढो रुख सुक्ने बेलामा हल्लिनु र राजतन्त्र फर्किनु उस्तै हो : डा. भट्टराई
सुन्नुहोस्

जनकपुरधाम : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बुढो भएर मर्न लागेको बाख्राको पुच्छर छटपटाउनु र राजतन्त्र फेरि फर्केर आउनु उस्तै भएको बताएका छन्। उनले बूढो रुख सुक्ने बेलामा हल्लिनु र  राजतन्त्र फर्किनु उस्ता–उस्तै भएको बताए।

नेपाल समाजवादी पार्टीका (नयाँ शक्ति) प्रथम महाधिवेशनको भाव सम्प्रेषण कार्यक्रममा जनकपुरधाम आइपुगेका डा. भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्नै नसकेकोले जनताले थाहै नपाएको बताए। उनले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालोमा हुन्थ्यो। तर उनीहरूको गलत कामहरू जनतासम्म पुग्दैनथ्यो।’

‘आफ्ना गलत अभ्यास लुकाउन नागरिकलाई शिक्षाको अवसरबाट बन्चित गराएर भ्रष्टाचार गर्थे। डा. भट्टराईले भने, ‘जनतालाई शिक्षाबाट नै बन्चित गराइयो। अहिले जनता पढ्न–लेख्न पाएको छ बोल्न पाएको छ। तर पहिले त राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा उनीहरूकै भाइभारदार मात्र पढ्न पाउँथे। अहिले कम्तीमा सबै कहाँ शिक्षाको पहुँच पुग्न सकेको छ। राजतन्त्रलाई भूतको संज्ञा दिँदै भट्टराईले भने, ‘राजतन्त्र भूत हो। भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिंड्नेहरु निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना।’

पत्रकारले सोधेको प्रश्नमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले विकास र समृद्धिको एजेन्डा दलहरूको नभएका कारण दलहरुप्रति वितृष्णा बढ्दै गएको जनाए। उनले प्रत्यक्ष कार्यकारी पक्षमा प्रचण्डसँगै रहे पनि कार्यगत एकता हुने सम्भावना नभएको बताए। उनले भने, ‘प्रचण्डसँग निजी सम्बन्ध राम्रो छ, तर पुरानो सोचमा बाँचिरहनु भएकोले विचार नमिलेको हो। माओवादी विचार पुरानो भइसकेकोले अब नयाँ विचार लिएर अघि बढ्नुपर्ने हो भनेको हो मैले ! प्रचण्ड थोत्रे पुरानो गाडी लिएर हिँड्न खोजेकोले अब मैले चाहिँ पुराना गाडीमा बस्न नखोजेको हो।’

बाबुराम भट्टराईले आफूले राज्यबाट कुनै सुविधा नलिएको दाबी गर्दै कतिपयले अपारदर्शी ढंगले नियम कानुन नबनाई पटके हिसाबले गैरकानुनी ढंगले पैसा आर्जन गरेको प्रति दुःख व्यक्त गरे। हिन्दु धर्मको विषयमा डा. भट्टराईसँग सोधिएको प्रश्नमा उनले भने, ‘राज्यको कुनै धर्म हुँदैन। व्यक्तिको धर्म हुन्छ। पार्टीको धर्म हुँदैन। व्यक्तिको आस्था मात्र हुन्छ।’   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.