यस सिजनको आइपीएलमा तोडिन सक्छन् यी कीर्तिमान
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)को महाकुम्भ शनिबारदेखि सुरू हुँदैछ। यो आइपीएलमा यस्ता खेलाडीहरू छन्, जसले नयाँ कीर्तिमानी र उपलब्धि आफ्नो नाममा बनाउन सक्छन्।
महेन्द्र सिंह धोनी
धोनीले चेन्नाई सुपर किङ्समा सबैभन्दा धेरै रन बनाउने खेलाडीको कीर्तिमान बनाउन सक्छन्। थप १९ रन बनाए उनले सुरेश रैनाको नाममा रहेको कीर्तिमान यो सिजनमा तोड्न सक्छन्। रैनाले चेन्नईका लागि ४ हजार ६८७ रन बनाउँदै शीर्ष स्थानमा रहेका छन्।
जसप्रित बुमराह
बुमराहले मुम्बई इन्डियन्सका लागि सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाउन सक्छन्। यस सिजनमा उनले थप ६ विकेट लिएमा लसिथ मालिंगाको कीर्तिमान तोड्नसक्छन्। यद्यपि मुम्बई टिममा रहे पनि उनले आइपीएल खेल्ने नखेल्ने टुंगो लागिसकेको छैन। ढाडको चोटका कारण उनी मैदान बाहिर छन्। मालिंगा कूल १७० विकेटको कीर्तिमान बनाएका छन्।
रविन्द्र जडेजा
जडेजाले आइपीएलमा चेन्नईका लागि सर्वाधिक विकेट लिने खेलाडी बन्न ८ विकेट चाहिएको छ। उनले यो सिजनमा उक्त कीर्तिमान बनाउन सक्छन्। उनले हालः डवेन ब्राभोलाई उछिन्दै १४० विकेट लिने खेलाडीको शीर्षमा स्थानमा आउन सक्छन्। जडेजाले यो सिजनको आइपीएलमा ब्याटिङमा ४१ रन जोड्दा ३ हजार रन र १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बन्नेछन्।
उनले यो सिजनमा ५ खेल खेल्न पाए अर्को कीर्तिमान पनि बन्नेछन्। उनी चेन्नईका लागि सर्वाधिक खेल्ने दोस्रो खेलाडी बन्नेछन्। सुरेश रैनाले १७६ खेल खेल्दा जडेजाले १७२ खेल खेलेका छन्। पहिलो नम्बरमा भने महेन्द्र सिंह धोनी रहेका छन्। उनले २३४ खेल खेलेका छन्।
विराट कोहली
यस सिजनको आइपीएलमा विराट कोहलीले ४ वटा अर्धशतक बनाएमा आइपीएलमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी बन्नेछन्। उनले यो सिजनको ४ वटा इनिङ्समा ५० बनाएको खण्डमा, आइपीएलमा ५० भन्दा माथि रन बनाउने खेलाडीको सूचीमा उनी शीर्ष स्थानमा रहनेछन्। उक्त रेकर्ड अहिले डेविट वार्नरको नाममा रहेको छ। वार्नरले हालसम्म ६६ वटा अर्धशतकीय पारी खेलेका छन्।
विराट कोहलीले यस सिजनको आइपीएलको कम्तीमा ६ खेल खेलको खण्डमा उनी आइपीएलमा सर्वाधिक खेल खेल्ने तेस्रो खेलाडी बन्नेछन्। उनले हालसम्म २५२ खेल खेलेका छन्। पहिलो स्थानमा धोनी र दोस्रो स्थानमा रोहित शर्मा रहेका छन्।
रोहित शर्मा
रोहितले आइपीएल सिजन २०२५ को पहिलो खेलमा चेन्नईविरुद्ध खेल्दै गर्दा उनी आइपीएलमा सबैभन्दा धेरै खेल खेल्ने दोस्रो खेलाडी हुनेछन्। रोहित आफ्नो ६०० चौकाको कीर्तिमानी बनाउने दौडमा पनि छन्। उनी आइपीएलमा ६०० चौका हान्ने चौथो खेलाडी हुनेछन्। रोहितले २०२५ को आइपीएलमा १४२ रन जोड्दा शिखर धवनलाई पछि छोड्दै आइपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा उक्लिनेछन्। शिखर धवनले ६ हजार ७६९ रन बनाएका छन्। शीर्ष स्थानमा विराट कोहली छन्। उनले ८ हजार ४ रन बनाएका छन्।
भुवनेश्वर कुमार
भुवनेश्वरले यस सिजनको आइपीएलमा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी हुनेछन्। उनले हालः आइपीएलमा १८१ विकेट लिएका छन्। युजवेन्द्र चहलले २०५ विकेट लिएका छन्। ब्राभोले १८३ विकेट लिए। सुनिल नारायणले १८० र अश्विनले १८० विकेटमा रहेका छन्।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस !