रौतहटमा एसईई परीक्षामा चिट चोर्न सहयोग गर्ने  ६ जना निरीक्षक पक्राउ

रौतहटमा एसईई परीक्षामा चिट चोर्न सहयोग गर्ने  ६ जना निरीक्षक पक्राउ
सुन्नुहोस्

रौतहट : एसईई परीक्षाको तेस्रो दिनसम्म चिट चोर्ने क्रममा पक्राउ पर्ने परीक्षार्थी तथा गाइडहरूको संख्या बढ्दै गएको छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अहिलेसम्म १ हजार २ सय ३३ थान मोबाइल फोन नियन्त्रणमा लिइएको छ भने ६ जना गाइड पक्राउ परेका छन्।

आज मात्र प्रहरीले ४४९ मोबाइल नियन्त्रणमा लिएको छ भने थप २ जना गाइड पक्राउ परेका छन्। यसअघि परीक्षाको पहिलो दिन ४२४ वटा मोबाइल जफत गरिएको थियो भने २ जना गाइड पक्राउ परेका थिए।

प्रहरीका अनुसार परीक्षामा मोबाइल लुकाएर चिट चोर्ने तथा गाइडहरूले परीक्षार्थीलाई उत्तर बोल्ने कार्यमा संलग्न भएकाले निगरानी थप कडा बनाइएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाही अगाडि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले परीक्षाको मर्यादा कायम राख्न प्रहरी प्रशासनले निगरानी थप कडा पार्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.