भैरहवा विमानस्थलमा ११ किलो गाँजा बरामद, भारतीय नागरिक पक्राउ

भैरहवा विमानस्थलमा ११ किलो गाँजा बरामद, भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि लागुऔषध गाँजा बरामद भएको छ। साथै, विमानस्थल प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको केरलाका ३५ वर्षीय रथिस कुमार चम्बुकारा गान्धी रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रवक्ता एवं एसपी दीपक श्रेष्ठले बताए। सोमबार दिउँसो थाइल्याण्डको बैंककबाट भैरहवा आएको एयर एसियाको विमानमा गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २ सय ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको उनले बताए। 

बरामद गाँजा १२ थान प्याकेटमा प्याक गरेर ल्याइएको थियो। गाँजासहित पक्राउ परेको भारतीय नागरिकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरीले यसअघि पनि चैत ४ गते एयर एसियाको विमानमा आएको भारतीय नागरिकको साथबाट साढे सात किलो गाँजा बरामद गरेको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.