दाङको प्लाई उद्योगमा आगलागी : आगो नियन्त्रणमा लिन सकस

दाङको प्लाई उद्योगमा आगलागी : आगो नियन्त्रणमा लिन सकस
सुन्नुहोस्

काठमाडौं : दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रण अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिए । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डीएसपी शाहले जानकारी दिए।

आगो नियन्त्रणका लागि दाङलगायत बाँके ,बर्दिया ,कपिलवस्तु र रुपन्देहीबाट दमकल ल्याइएको भएपनि आगो नियन्त्रणमा सकस भइरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् । उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डीएसपी शाहले जानकारी दिए।

आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । यद्यपि अझै क्षतिको विवरण आउन सकेको छैन । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.