कसैका चमत्कारले होइन, हाम्रै आयोजना बनेपछि लोडसेडिङ अन्त्य भएको हो : प्रधानमन्त्री

कसैका चमत्कारले होइन, हाम्रै आयोजना बनेपछि लोडसेडिङ अन्त्य भएको हो : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकमा लोडसेडिङ अन्त्य भएको बताएका छन्।

मंगलबार बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित 'म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभइ वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताए।

उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि? भन्दै प्रश्न गरे। कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै उनले कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे। 

उनले स-साना कुरालाई समातेर हल्लाखल्ला गर्ने काम भएको बताए। प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नायकत्व लिने बताए।

कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको तर्फबाट पूर्ण सहयोग रहेको बताए। ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूरापूर सहयोग रहेको र राम्रोसँग अगाडि जानेमा दुईमत नरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.