इटहरीको सेन्ट्रल प्लाजामा भिषण आगलागी
धरान : इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ। व्यवसायी राजेश श्रेष्ठले सञ्चालन गरेको सेन्ट्रल प्लाजामा आगलागी भएको हो । सेन्ट्रल प्लाजामा लक्ष्मी सनराइज बैंक,बरण्डा होटेल र दर्जनौं व्यवसाय सञ्चालनमा छन्। नौ तले भवनको चौथो र पाँचौ तलाबाट आगलागी सुरू भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले बताए ।
उनले आगलागी नियन्त्रणमा लिन चारवटा दमकलबाट पानी हाल्ने काम भइरहेको बताए । उनले भवनबाट मानिसलाई उद्दार गरि आगो निभाउने प्रयास भइरहेको बताए। आगलागीको कारण खुलेको छैन।
प्रतिक्रिया दिनुहोस !