इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा सकस

इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा सकस
आगो नियन्त्रणमा लिने प्रयास गर्दै। तस्बिर : रत्नप्रसाद आचार्य।

धरान : इटहरीको मेन चोकमा सञ्चालनमा रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा गम्भीर समस्या भएको छ । सेन्ट्रल प्लाजाको पाचौं तलाबाट सुरु भएको आगो अन्य स्थानमा फैलिएको छ । 

आगलागी नियन्त्रणका लागि चारवटा दमकल र सयौं प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । सेन्टर प्लाजामा होटल बरण्डा र लक्ष्मी सनराइज बैंक लगायत दर्जनौं व्यवसाय संचालनमा रहेको छ । 

प्लाजामा व्यवसाय गर्ने व्यवसायी र दर्जनौं कामदार छन् । उनीहरूलाई उद्दार गर्न प्रहरी र स्थानिय बासिन्दाले प्रयास गरिरहेका छन् । आगलागीबाट धेरै सर्वसाधारण हताहत भएका छन्। 

आगोको मुस्लोका कारण प्लाजामा भएका व्यवसायी र कामदारहरू बाहिर निस्कन समस्या भएको छ । उनीहरूलाई सकुशल उद्दार गर्न  पहल भइरहेको  एसपी तिम्सिनाले बताए । 

प्लाजा इटहरीका राजेश श्रेष्ठको व्यसायकक भवन हो । आगलागी विद्युत सट भएर वा ग्यास लिक भएर भएको अनुमान गरिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.