इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, फसेका मानिसको उद्धार गर्न हेलिकोप्टर पठाइयो

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी, फसेका मानिसको उद्धार गर्न हेलिकोप्टर पठाइयो
सुन्नुहोस्

धरान : इटहरीको मेन चोकमा सञ्चालनमा रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा लिन सकस भएको छ। सेन्ट्रर प्लाजाको पाचौं तलाबाट सुरु भएको आगो अन्य स्थनमा पनि फैलिएको छ। 

गृहमन्त्रालयले भवनभित्र केही व्यक्तिहरू फसेको भनेपछि उनीहरूको उद्धारका लागि सेनाको हेलिकोप्टर पठाइसकेको छ।

आगलागी नियन्त्रणका लागि चारवटा दमकल र सयौं प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। सेन्टर प्लाजामा होटल बरण्डा, फिलिम हल, लक्ष्मी सनराइज बैंक लगायत दर्जनौं व्यवसाय सञ्चालनमा रहेको छ। 

प्लाजामा व्यवसाय गर्ने व्यवसायी र दर्जनौं कामदार रहेका थिए। उनीहरुलाई उद्दार गर्न प्रहरी र स्थानियबसिन्दाले प्रयास गरिरहेका छन्। आगोको मुस्लोआ कारण प्लाजामा भएका व्यवसायी र कामदारहरू बाहिर निस्कन समस्या भएको छ। उनीहरूलाई सकुशल उद्दार गर्न  पहल गरिएक थियो।

आगो नियन्त्रण गर्न अग्लो भवन भएका कारण समस्या भएको छ। 

इटहरीका राजेश श्रेष्ठको व्यवसायिक भवनमा आगलागी भएको हो। आगलागी विद्युत सट भएर अथवा ग्यास लिक भएर भएको हुनसक्ने अनुमान गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.