आगलागी प्रकरण

इटहरीको सेन्ट्रल प्लाजामा फसेकाहरूको हेलिकोप्टरबाट उद्दार सुरू

इटहरीको सेन्ट्रल प्लाजामा फसेकाहरूको हेलिकोप्टरबाट उद्दार सुरू
तस्बिर : अन्नपूर्ण

धरान : इटहरीको मुख्य चोकमा सञ्चालनमा रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा आएको छैन। प्लाजामा फसेकाहरूको हेलिकोप्टरबाट उद्दार सुरू गरिएको छ। उद्दार गरिएकालाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी लगिएको छ।  सेन्ट्रर प्लाजाको पाचौं तलाबाट सुरू भएको आगो अन्य स्थानमा पनि फैलिएको छ। 

भवनमा केही मानिस फसेको र उद्दारका लागि हेलिकोप्टर मगाएपछि गृहमन्त्रालयले सेनाको हेलिकोप्टर पठाएको थियो।

आगलागी नियन्त्रणका लागि चारवटा दमकल र सयौं प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। सेन्टर प्लाजामा होटल बरण्डा, फिलिम हल, लक्ष्मी सनराइज बैंकलगायत दर्जनौं व्यवसाय सञ्चालनमा रहेको छ। 

प्लाजामा व्यवसाय गर्ने व्यवसायी र दर्जनौं कामदार रहेका थिए। उनीहरुलाई उद्दार गर्न प्रहरी र स्थानीयबासिन्दा जुटेका थिए। आगोको मुस्लोको कारण प्लाजामा भएका व्यवसायी र कामदारहरू बाहिर निस्कन समस्या भएको छ। 

आगो नियन्त्रण गर्न अग्लो भवन भएका कारण समस्या भएको हो।  इटहरीका राजेश श्रेष्ठको व्यवसायिक भवनमा आगलागी भएको हो। आगलागीको कारण भने खुलेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.