रौतहटको आनन्द हस्पिटलका सञ्‍चालक पक्राउ

रौतहटको आनन्द हस्पिटलका सञ्‍चालक पक्राउ
सुन्नुहोस्

रौतहट : शिवनगरस्थित आनन्द हस्पिटलका सञ्चालक उमेश प्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ । मापदण्ड पूरा नगरी अस्पताल सञ्चालन गरेको पाइएपछि जयसवाललाई नियन्त्रणमा लिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए। 

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले केही दिनअघि हस्पिटल अनुगमनका क्रममा मापदण्ड पूरा नगरेको पाएपछि बन्द गर्न निर्देशन दिएका थिए। तर, जयसवालले मुख्यमन्त्रीको उक्त आदेश अवज्ञा गर्दै नयाँ बिरामी भर्ना गरी ठगी धन्दा जारी राखेका थिए ।

हस्पिटलमा मापदण्डअनुसारका चिकित्सक,उपकरण र पूर्वाधार अभाव रहेको देखिएको थियो ।  उच्च शुल्क असुल्दै अवैधानिक रूपमा सञ्चालन भइरहेको जानकारी पाएपछि प्रहरीले आज उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले सञ्चालक जयसवाललाई पक्राउ गरी सोधपुछ गर्ने कार्य भइरहेको बताएका  छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.