अब्बल गणतान्त्रिक उपलब्धि

अब्बल गणतान्त्रिक उपलब्धि
सुन्नुहोस्

नेपालमा जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्ने प्रणालीको विकास हुँदै आएको छ, जसलाई लोकतन्त्र र गणतन्त्रका रूपमा परिभाषित गरिन्छ । जनताबाट छानिएका प्रतिनिधिहरूले देशको नीतिनिर्माण गर्ने व्यवस्था आफैंमा आदर्श प्रणाली हो । पछिल्लो समय कतिपय पक्षबाट गणतन्त्रले अपेक्षित उपलब्धि दिन सकेन भन्ने धारणा अघि सारिएको छ । सत्ता लुछाचुँडीमै राजनीतिक दलहरू लागेको र देश बर्बाद भएको भाष्यलाई जोडतोडले सडकमै पोख्ने प्रपन्च भएका देखिन्छन् । तर, तथ्यले त्यस्तो बोल्दैन । नेपालमा गणतन्त्र स्थापनासँगै गरिबी निवारणमा ऐतिहासिक उपलब्धि हासिल भएको छ । २०५२ सालमा निरपेक्ष गरिबी दर ४२ प्रतिशत थियो, जुन २०८० मा झरेर २० प्रतिशतमा आइपुगेको छ । चरम गरिबी ५५ प्रतिशतबाट घटेर शून्य दशमलव ३७ प्रतिशतमा सीमित भएको छ, जुन दक्षिण एसियाका अन्य मुलुकले हासिल गर्न सकेका छैनन् ।

खुला अर्थतन्त्रको विकाससँगै औसत आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा माथि पुगेको छ । भौतिक पूर्वाधारको विकास तीव्र गतिमा अगाडि बढेको छ— सडक सञ्जाल १२ गुणा विस्तार भई अहिले १ लाख १० हजार किलोमिटर पुगेको छ । बिजुली उत्पादन र उपभोगमा सुधार भएको छ । सञ्चार सेवामा उल्लेखनीय विस्तार भएको छ । यी सबै सूचकांकले गणतन्त्रको सफलता प्रमाणित गर्छन् । तर, मुलुकले अझै पनि राजनीतिक स्थायित्वको खोजी गरिरहेको छ । बारम्बार सरकार परिवर्तन, दलहरूबीचको आपसी मतभेद र प्रभावकारी नीतिनिर्माणमा देखिएको सुस्तताले विकास प्रक्रियालाई प्रभावित पारिरहेको छ । यही अस्थिरताका कारण कतिपय नागरिक असन्तुष्ट बनेका छन् । तर, यो असन्तुष्टि राजतन्त्र फर्काउनु पर्ने कारण भने होइन । राजनीतिक स्थायित्वको अभाव लोकतन्त्रकै कमजोरी हो भन्ने निष्कर्ष निकाल्नु गलत हुनेछ । यसको समाधान लोकतान्त्रिक प्रक्रियालाई अझ सुदृढ बनाउनुमा निहित छ, न कि विगततर्फ फर्कनुमा ।

अबको बाटो भनेको लोकतन्त्रलाई प्रभावकारी बनाउँदै देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने हो । पारदर्शिता, जवाफदेहिता र कुशासनको अन्त्य गर्दै विकासलाई तीव्र गति दिनु आवश्यक छ । देशमा लगानीको वातावरण बनाउने दायित्व हो । लगानीकर्ताले सरकारै पिच्छेका नीतिनियमका कारण आजित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बेला हो । किसानहरूको उत्पादनले उचित मूल्या पाउनुपर्ने, सजिलै कृषि उत्पादन गर्न सकिने वातावरण निर्माणमा कमजोरी भएको छ । यसको सुधारका लागि राजतन्त्र ल्याउनुपर्छ भनेर कुर्लिनु सवर्था मूर्खताबाहेक केही होइन । मुलुकले गणतन्त्रमार्फत समावेशिता, समानता, र समृद्धितर्फको यात्रा तय गरिसकेको छ । यसलाई संस्थागत गर्दै जनअपेक्षाअनुसार कार्यान्वयन गर्न सरकार र राजनीतिक नेतृत्व प्रतिबद्ध हुनुपर्छ । गणतन्त्र उपलब्धिमूलक भइसकेको छ । अब यसलाई दिगो विकास र स्थायित्वतर्फ अघि बढाउनु नै समयको माग हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.