रुकुममा कृषि तथा व्यापार महोत्सव हुँदै
रूकुम पूर्व : रुकुम पूर्वमा कृषि तथा व्यापार महोत्सव हुने भएको छ। यही चैत २२ गतेदेखि वैशाख सात गतेसम्म सिस्ने गाउँपालिका -६, छिप्रिदहमा महोत्सव सञ्चालन हुन लागेको हो।
महोत्सवले पूर्वी रूकुमको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनसँगै कृषि र व्यापारिक गतिविधिहरूलाई समेत प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सवमा स्थानीय उत्पादन तथा व्यवसाय प्रवर्द्धन गर्नका लागि विभिन्न स्टलहरू राखिनेछन्। कृषि, हस्तकला, लघु उद्यम, तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू पनि समावेश गरिनेछ ।
अठाले ग्रुपले महोत्सवको आयोजना गरेको हो।
प्रतिक्रिया दिनुहोस !