हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य हुँदैन : स्वास्थ्य मन्त्री
काठमाडौं : स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने बताएका छन्।
सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अहिले देखिएको विकृति र विसंगति अन्त्य गर्न आफूहरू तयार रहेको भन्दै हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने बताएका छन्।
पौडेलले लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको सुधारिएको उन्नत र परिष्कृत लोकतन्त्र मात्र भएको धारणा राखे। नागरिक अधिकार, आफैंले निर्वाचित गरेको जनप्रतिनिधि, बोल्न पाउने अधिकार लगायतका विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने सबैले बुझ्नुपर्ने उनले बताए।
स्वास्थ्य मन्त्री पौडेलले निजी मेडिकल कलेजहरूले चिकित्सकहरूलाई दिइने सुविधा बारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको विन्दु पहिल्याउने कार्य भइरहेको बताए। उनले आफूहरूले ल्याउन लागेको स्वास्थ्य बिमाको योजना कार्यान्वयन भएमा स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने दाबी गरे।
प्रतिक्रिया दिनुहोस !