आगलागी हुँदा ८ लाख बढीको गहुँ बाली जलेर नष्ट

आगलागी हुँदा ८ लाख बढीको गहुँ बाली जलेर नष्ट
सुन्नुहोस्

कपिलवस्तु : शुद्धोधन गाउँपालिका-३ ठूलो सिसहनियामा गहुँ काट्दै गरेको खेतमा एक्कासि आगो लागेपछि पक्की ७ विगाहामा लगाइएको गहुँ बाली जलेर नष्ट भएको छ। 

कम्बाइनले गहुँ काट्दै गर्दा १५ जना किसानको गहुँ खेतमा अचानक लागेको आगो लागेको थियो। आगलागीबाट ८ लाख ३१ हजार ६ सय रुपैयाँ बराबरको करिब १ सय ९८ क्विन्टल गहुँ बाली जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पकडीका इन्चार्ज प्रहरी निरीक्षक कमल छेत्रीले बताए।

प्रहरीका अनुसार सिसहनिया गाउँको खेतमा गहुँ काट्ने क्रममा अचानक आगो लागेपछि सोही गाउँका १५ जना किसानहरूको गहुँ बालीमा आगो सल्किएको थियो। आगलागीको खबर पाए लगत्तै प्रहरी चौकी लबनीको प्रहरी टोली, स्थानीय, सशस्त्र प्रहरी लगायतले आगो नियन्त्रणमा ल्याएका हुन्।  

कपिलवस्तु नगरपालिकाको दमकल, लुम्बिनी सांस्कृतिक नगरपालिकाको दमकल, स्थानीय सर्वसाधारण र सुरक्षाकर्मीको सहयोगमा सो आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। गहुँ बाली काट्न प्रयोग गरिने कम्बाइन मेसिनको सेल्फ मोटरबाट निस्कने आगोको स-सानो झिल्कोबाट आगलागी भएको हुन सक्ने किसानहरूले अनुमान गरेका छन्।      


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.