भैरहवा ल्याइँदै दीपक बोहराको पार्थिव शरीर
भैरहवा : प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर भैरहवा ल्याइने भएको छ।
मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०:५० बजे निधन भएका बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा ल्याउन लागिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।
शवको अन्त्येष्टि कहाँ गर्ने भन्ने विषयमा अझै पारिवारिक छलफल भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !