सहिद भीमनारायण गोल्डकप : रोमाञ्चक जित निकाल्दै एपिएफ सेमिफाइनलमा

सहिद भीमनारायण गोल्डकप : रोमाञ्चक जित निकाल्दै एपिएफ सेमिफाइनलमा
सुन्नुहोस्

धनकुटा : मोरङको वेलवारी फुटबल क्लबमाथि रोमाञ्चक जित हासिल गर्दै विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लब धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा वेलवारी फुटबल क्लवलाई ३–२ गोलअन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा पुगेको हो।

एपिएफको जितमा कप्तान ७ औं मिनेटमा हरि कार्की र ३३ औं मिनेटमा युवराज खड्काले एक-एक गोल गरेका थिए। खेलको अन्त्यतिर ९२ औं मिनेटमा वेलवारी फुटबल क्लवका विकु राईले आत्मघाती गोल गर्दा एपिएफ भाग्यमानी सावित हुँदै सेमिफाइनल प्रवेश गरेको थियो। वेलवारीको तर्फमा ३६ औं मिनेटमा भुवन बस्नेत र ४६ औं मिनेटमा ड्यानियलले गोल गरेका थिए। 

खेलको म्यान अफ द म्याच एपिएफका युवराज खड्का घोषित हुँदै नगद ५ हजार ५ रुपैयाँ प्राप्त गरे। उनलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पुरस्कार वितरण गरेका थिए। 

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ। 

आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेशको लागि एपिएफले कोशी प्रदेश लिग विजेता उदयपुरको गाइघाट फुटबल क्लवसँग आगामी चैत्र २२ गते शुक्रवार प्रतिस्पर्धा गर्नेछ। 

भोलि साविक विजेता विर्तामोड युनाइटेड क्लबले सप्तरीको नमो वुद्ध युथ क्लवसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने हुने प्रतियोगिताका संयोजक शम्भु प्रधानले बताए।

२०५५ सालमा सुरु भएको यो प्रतियोगिताको यो १७ औ संस्करण हो। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।  शहीद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो। उनकै सम्झनामा हरेक वर्ष प्रतियोगिता संचालन हुँदै आइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.