डढेलो नियन्त्रण गर्ने क्रममा एक जना गम्भीर घाइते
रूकुम पूर्व : रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ सुद्रि निवासी अर्जुन घर्ती मगर वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा घर्तीलाई माथिबाट खसेको ढुंगाले गम्भीर घाइते बनाएको हिमालय मावि नायगाडका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक रसाइलीले जानकारी दिए ।
अध्यक्ष रसाइलीले घर्तीलाई तत्काल उद्धार गरी देउखोला हुँदै रुकुमकोटस्थित जिल्ला अस्पतालमा भर्ना गरिएको बताए। हाल सुद्रि आसपासका बल्दजुरे, दत्कुना लगायतका बस्तीहरूमा डढेलोको जोखिम बढेकोले सबैलाई सतर्क रहन र सहयोग गर्न अपिल समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !